सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले पार्टी भित्र सामुहिकताको अभ्यास हराउँदै गएको बताएका छन् ।
नेकपाले ७० औँ स्थापना दिवसको अवसर पारेर जिल्ला तहको नेतृत्व टुङ्गो लगाए पछि यस विषयमा प्रतिक्रिया दिँदै उनले लामो समय देखि अवरुद्ध भएको पार्टी एकताले गति लिनु सकारात्मक भएपनि एकलौटी रुपमा पेलेर लान खोजको दुखेसो पोखे ।
भट्टराइले पार्टी भित्र भिन्नभिन्न विचार समुह हुने र ति सबै विचारसमुहको भावनालाई नेतृत्वले समेट्न सक्नु पर्ने बताए । उनले पार्टी सामुहिक नेतृत्वले चल्नु पर्ने भए पनि तत्कालिन एमाले र माओवादी केन्द्र एकिकरण भए देखि नै पनि पार्टी नेतृत्व सामुहिताको अभ्यासमा कमजोर देखिएको बताए ।




















प्रतिक्रिया