नेकपाका कतिपय नेता कार्यकर्ताले अझै पनि कुनै जिम्मेवारी पाउँन सकेका छैनन् तर अस्ति अस्ति मात्र ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १५४ जना नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका छन् । केही नेताले भने तेहेरो जिम्मेवारी पाएका छन् ।
प्रतिनिधिसभाका ११, राष्ट्रियसभाका १, प्रदेशसभाका २४ र स्थानीय तहका जनप्रतिनिधि ७ गरी ४३ जना नेताले जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी पाएका छनु् । यस्तै विभिन्न तहका थप जनप्रतिनिनि केन्द्र र जिल्लाको भूमिका छन् ।
नेकपाले पार्टी केन्द्रीय समितिकै १६ नेतालाई जिल्ला कमिटिको अध्यक्ष र सचिवको जिम्मा दिएको छ । सात केन्द्रीय सदस्य जिल्ला कमिटी अध्यक्ष भएका छन् भने ९ जना सचिव भएका छन् । नेताहरुलाई दोहोरो जिम्मेवारी दिएपछि नेकपाभित्र असन्तुष्टि बढेको छ । यस्तै कतिपयको पदीय जिम्मेवारी त्यागेको आजको अन्नपुर्णपोष्ट दैनिकमा खबर छ ।




















प्रतिक्रिया