साञ्जेन जलविद्युत कम्पनीको आइपीओमा देशभरबाट ३ लाख ४ हजार ६९ जनाको आदेदन परेको छ । आवेदकबाट १ करोड ४१ लाख ३२ हजार ८४० कित्ता सेयर माग भएको छ । यो भनेको मागको तुलनामा २.८४ गुणाले बढी हो ।
साञ्जेन जलविद्युत कम्पनी लिमीटेडले १०० रुपैयाँ अंकित दरका ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता सेयर निश्कासन गरेका थियो ।
यस्तै, रसुवागढीको आइपीओमा ३ लाख ७ हजार ७५ जनाले १ करोड ७६ लाख ५ हजार २१० कित्ता खरीदका लागि आवेदन दिएका छन् । यो भनेको मागको तुलनामा १.८९ गुणा बढी हो ।
यो कम्पनीले पनि १०० रुपैयाँ अंकित दरले १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपीओ निश्कासन गरेको थियो ।
साञ्जेन जलविद्युत कम्पनी लिमीटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले शुक्रबार (बैशाख ६ गते) देखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गरेका थिए ।साञ्जेनको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानीकोष रहेको छ भने रसुवागढीको सिद्धार्थ क्यापिटल रहेको छ ।
यी दुवै आयोजना कम्पनी चिलिमे जलविद्युत कम्पनीका सहायक कम्पनी हुन् ।साञ्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत रु सात अर्ब बढी रहेको छ ।





















प्रतिक्रिया