प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोईरालाले वालुवाटारको जग्गा नेकपा महासचिव बिष्णु पौडेलको नाममा आएको र टुंडिखेलको जग्गा ब्यक्तीले भाडामा लगाएको समाचारले नेपालकोका लागि दुर्भाग्य भएको बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा शनिबार एकाबिहानै स्टाटस लेख्दै सार्बजनिक सम्पतीको लुट कहिलेसम्म भन्दै प्रश्न गरेका छन् । नेपालमा घर जलाएर खरानीको ब्यापार गर्ने क्रम बढेकोमा बिरोध गर्दै सार्बजनिक सम्पतीको दुरुपयोग गर्ने जतिसुकै माथीको नेता भएपनि कानून बमोजिम कडा कारबाही गर्नुपर्ने तर्क प्रश्तुत गरेका छन् ।
भुमाफिया, ब्यापारी, राजनितिज्ञ र सरकारको मिलेमतोमा वालुवाटारको जग्गा ब्यक्तीको नाममा गरेको र टुडिखेलको जग्गा ब्यक्तीले भाडामा लगाएको समाचार आयो । मुलुकका लागी यो भन्दा दुर्भाग्य के हुन्छ ?
सार्वजनिक सम्पत्ती माथीको लुट कहिले सम्म? यसले जनमानसमा के सन्देश जान्छ? मुलुकका लागी यो भन्दा ठुलो ब्यईमानी के हुन सक्छ?हामी केका लागी र कस्का लागी राजनिती गर्दैछौं ?
यो बिषयमा हामी किन बोल्न सकिरहेका छैनौं? घर जलाएर खरानीको ब्यापारमा कति दिन रमाउँने ? वालुवाटार र टुडिखेलको जग्गा प्रकरणमा जतिसुकै शक्तिशाली र ठुला नेता संलग्न भएपनी कानुन बमोजिम तत्काल कारबाही गरिनुपर्छ।





















प्रतिक्रिया