Logo

प्रमुख समाचार

क्याप्टेन बिजय लामालाई हटाएर ओली सरकार नराम्रो सङ पराजय भयो : महासचिव शाही



क्याप्टेन बिजय लामाले नेपाल एयरलाइन्सको प्रबक्ताबाट राजिनामा दिएका छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आफ्नो विरोधमा बोलेको भन्दै पाइलट विजय लामाको लाइसेन्स सस्पेन्ड गरेको केहि घण्टा न बित्दै प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली काँग्रेसको भात्रृ संगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्र जङ शाहीले दुई तिहाईको कमुनिस्ट सरकार र प्रधानमन्त्री केपी शर्मा ओली  नराम्रो सङ पराजय भयको बताएका छन् ।

तरुण दलका महासचिव शाहीले आज सामाजिक संजालमा स्टाटस राख्दै केपी ओली सरकार हरेक ठाउबाट असफल भएको जनाएका हुन्।

क्याप्टेन लामालाई एयरलाइन्सले गत चैत २० गते राती १० बजेपछि ४ मिनेटको समय माग्दा क्यानले उडान बन्दको अन्तर्राष्ट्रिय नियम (नोटाम) जारी भएको भन्दै उडान अनुमति नदिएको र त्यस्को केही दिनपछि फ्लाई दुबईलाई १७ मिनेट थप समय दिएको विषयमा सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए ।

यसैबीच पाइलट लामाले नेपाल एयरलाइन्सको प्रवक्ताबाट राजिनामा दिइसकेका छन् । उनले प्रवक्ताको हैसिएतले विभिन्न मिडियामा प्रतिक्रिया दिएको बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार १६:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।