Logo

प्रमुख समाचार

५५ वर्ष पुगेपछि सक्रिय राजनीतिमा रहदिन : गगन थापा



प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली का‌ंग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्रि गगनकुमार थापाले ५५ वर्षपछि सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा फेरी पनि दोहोर्याएका छन्। सोमबार एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिदै नेता थापाले ५५ वर्षपछि पढाउन फर्किने बताएका हुन्।

उनले भनेका छन्, ‘साथीहरुले नभन्नु भन्छन्। तर म फेरि पनि भन्छु, ५५ वर्ष पुगेपछि सक्रिय राजनीतिमा आउदिनँ। मेरा आफ्ना अन्य चाहना पनि छन्। त्यसलाई पूरा गर्नतिर लाग्छु। नेपालका विभिन्न ठाउँ घुम्छु। कलेज पढाउँछु। यस्ता थुप्रै काम छन्। यो मैले कुनै त्यतिकै हिसाबले भनेको होइन। साच्चिकै भनेको हुँ।’

साथै उनले नयाँ पुस्ताका नेताहरु दह्रो तरिकाले उदाउनुपर्ने बताए। ‘साथीहरु दह्रोसाथ आउनुहोस्, हामीलाई यहाँ बसेर कुनै काम छैन भन्ने महसुस होस्। युवा पुस्ता हामीभन्दा चार पाँच गुणा बढी क्षमता देखाएर आउनुपर्यो। म उहाँहरुलाई आग्रह गर्छु। तपाईहरु आउनुहोस् भनेर’, नेता थापाले भने।

२०३३ सालमा जन्मिएका नेता थापा ४३ वर्षका भए। उनले आफूले भनेको कुरा लागु गरे अबको १२ वर्षपछि सक्रिय राजनीतिबाट संन्यास लिनेछन्।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलवार ०४:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।