Logo

प्रमुख समाचार

प्रचण्डलाई जवाफी काउण्टर दिदै राउतले भने – सरकार ढालेर देखाउँनुस्



प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबावु राउतले प्रदेश सरकार ढालेर देखाउन प्रचण्डलाई चुनौति दिएका छन् । आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर २ मा पनि बर्तमान सरकार फेरेर नेकपाकै नेतृत्वमा सरकार गठन हुन सक्ने धारणा राखेका थिए ।

केन्द्रिय सरकारको सत्तारुढ दलका अध्यक्षले सरकार परिवर्तनको चुनौति दिएपछि मुख्यमन्त्री राउतले जवाफि प्रतिक्रिया दिएका हन् । राउतले सरकार बनाउन उहाँहरु स्वतन्त्र रहेको भन्दै भने उहाँलाई सरकार बनाउन कसैले रोकेको छैन।

उहाँ सरकार बनाउन स्वतन्त्र हुनुहुन्छ। उहाँकै नेतृत्वमा केन्द्रीय सरकार छ। केन्द्रीय सरकारले कत्तिको सुशासन कायम गरेको छरु बालुवाटारको जग्गालाई कत्ति संरक्षण गरेको छरु उहाँले अरुतिर हेर्नुभन्दा आफूतिर फर्केर हेर्दा राम्रो हुन्थ्यो कि।’

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलवार १६:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।