Logo

प्रमुख समाचार

के अबको १२ बर्षमा गगन थापा प्रधानमन्त्री बन्लान् ?



नेपाली कोग्रेसका युवा नेता गगन थापाले आफु ५५ बर्षको भए पछि सक्रिय राजनितिबाट सन्यास लिएर व्यक्तिगत जीवन विताउने प्रतिवद्धता दोहोराएका छन् ।यदि उनि आफ्नो घोषणामा अडिग रहे भने अबको १२ बर्ष पछि थापा राजनितीमा सक्रिय रहने छैनन् । सानै उमेरमा मन्त्री भैसकेका र नेपाली काग्रेसको राजनितिमा पनि सानै उमेरमा प्रभाव पार्न सफल गगन लाई उनको पार्टी भित्र मात्रै होइन बाहिरका मानिसले पनि अलिक लामै रेसको नेताको रुपमा हेरेका छन् ।

नेपाली राजनितिको एउटा विकृत रुप रहेको छ ,मरुन्जेल सम्म पनि पद नछोड्ने । यो रोगको सिकार सबैभन्दा बढि उनकै पार्टी नेपाली काग्रेस भएको छ । मर्ने बेलासम्म पनि पद छोड्न नमान्ने प्रबृतीलाई युवा उमेरमै थापाले गरेको घोषणा धेरैका लागी गतिलो झापड हो । जीवनको उर्वर समय राजनितीमा लगाएका गगनको पनि इच्छा पक्कै एक पटक देशको प्रधानमन्त्री र पार्टी सभापति बन्ने होला । उनलाई धेरैले काग्रसको भावी सभापती र प्रधानमन्त्रीको रुपमा हेरेका पनि छन् तर उनले जुन समय अबधि तोकेका छन् त्यो भनेको जम्मा जम्मी १२ बर्ष मात्रै बाँकी छ । हुन त राजनितिमा सबै कुरा सम्भव छ भनेर भनिन्छ तर अहिलेकै अवस्था हेर्ने हो भने अब त्यो कुरा त्यति नजिक छैन । तर पनि निकै हिसाव गरेर बोल्ने राजनितिका चतुर खेलाडी गगन ले किन पटक पटक सो घोषणा गरिरहेका छन् त्यो भने रहस्यमय नै छ । यति चाँहि पक्का हो गगनले यदि आफ्नो वचन पुरा गरे भने पदमा पुग्छन् या पुग्दैनन् छुट्टै कुरा हो नेपाली राजनितिको एक प्रेरणादायी मानक चाँहि पक्कै बन्नेछन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार ०८:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।