Logo

कृष्णनगरमा ड्राईपोर्ट निर्माण गर्न आवश्यक छ : चेम्बर अध्यक्ष राजेशकाजी



लुम्बिनी प्रदेशको आर्थिक विकासमा कृष्णनगरमा ड्राईपोर्ट निर्माण गर्न आवश्यक रहेको औल्याएका छन् । चेम्बर अफ कमर्स कपिलबस्तुको साधारणसभाको उदघाटन गर्दै श्रेष्ठले सो कुरा राखेका हुन ।  कार्यक्रममा प्रमूख अतिथिको आसनबाट बोल्दै चेम्बर अध्यक्ष श्रेष्ठले विकासको ढोका र सम्भावना बोकेको कपिलबस्तु जिल्लाको कृष्णनगरमा सुख्खा बन्दरगाह (ड्राईपोर्ट) को निर्माण आवश्यक रहेको र यसका लागि चेम्बरले पहल गर्ने बताए । 

यसको निर्माणबाट भारतको बढनी रेलवे स्टेसनसंग प्रत्यक्ष सम्पर्क कायम हुने र भारत लगायत अन्य राष्ट्रसंगको आयात निर्यात ब्यापारमा सहज हुन गई लागतमा समेत कमि आउने हुँदा कपिलवस्तु जिल्ला तथा समग्र प्रदेशको विकासमा टेवा पुग्ने धारणा  अध्यक्ष श्रेष्ठले ब्यक्त गरे ।

त्यसैगरी उनले जिल्लाको समग्र विकासका लागि सबैसंग सहकार्य गरी अगाडी बढ्न जिल्ला चेम्बरलाई सुझाव समेत दिए ।  महिला तथा युवा ब्यावसायीहरुलाई समेत समेटेर अगाडी बढ्न महिला तथा युवा चेम्बर गठन गरी सबैलाई समेट्न पनि उनले सुझाए ।  उक्त साधारणसभाबाट  केहि पदको हेरफेर गरी पदस्थापन गरिएको छ । साथैआजै सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको  छ । 

IMG_2172.jpg

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार ०८:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।