काठमाडौं । पछिल्लो समय देशभरका प्रमुख शहरहरुमा एकपछि अर्को गर्दै राजाबादी आन्दोलन चलिरहेको छ । अझ सोमबार त संघीय राजधानीमै उनीहरुले प्रदर्शन गरे । सोमबारको राजाबादीहरुको प्रदर्शनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष विपीन कोइराला समेत सहभागी भएका छन्।
राजसंस्था पुनर्वहालीको माग गर्दै संघीय राजधानीमा गरिएको प्रदर्शनमा कोइराला सहभागी भएका हुन् । राजंस्था तथा हिन्दु धर्म राष्ट्र पुनस्र्थानाको माग गर्दै आयोजना गरिएको प्रदर्शनमा कोइरालाको सक्रिय सहभागीता रहेको हो ।
पार्टीले लिएको नीतिप्रति असन्तुष्टि व्यक्त गरेका कोइरालाले गणतन्त्रको खारेजीको मागसहित निकालिएको र्यालीमा आगामी दिनमा पनि सहभागी हुने बताए । राजावादीको कार्यक्रममा सहभागी भएकोबारे सोधिएको प्रश्नमा कोइरालाले भने, ‘कार्यक्रम राजावादीको पनि हो, संविधानवादीको पनि हो। संघीयता खारेज गर्ने पक्षधरको हो।’
नेपालको गणतन्त्र आयातित गणतन्त्र भएको उनको बुझाइ छ । ‘नेपालले धान्न नसक्ने गणतन्त्र विदेशीको इशारामा ल्याइएको हो । गणतन्त्र खारेज हुनुपर्छ भन्ने मेरो भनाइ हो ।’ कांग्रेसको कार्यकर्ताकै रुपमा आफ्नो बोली रहेको बताउँदै भने, ‘२०४७ सालकै संविधान पुनर्वहाली हुनुपर्छ ।’
संघीयता र गणतन्त्रको पक्षमा कांग्रेस रहिरहे पार्टीलाई थप क्षति हुने उनको बुझाइ छ । ‘गिरीजाप्रसादले प्रचण्डलाई बोके । शेरबहादुरले ओली बोकेका छन्‚’ उनले पार्टी नेतृत्वलाई प्रश्न गरे, ‘कांग्रेस कहाँ छरु संघीयता र गणतन्त्र दुवै गलत हुन् ।’
विवेकको कुरा राख्ने स्वतन्त्रता भएकैले कांग्रेसमा रहेको उनले बताए । गणतन्त्र र संघीयता खारेजीको माग महासमिति बैठकमा पनि राखेको उनले सुनाए । राजसंस्था पुनर्वहालीको मागसहित मंसिर २० मा गर्ने राजावादी संगठनको अर्को कार्यक्रममा प्रमुख अतिथि बनाएर बोलाइएको उनले जानकारी दिए ।




















प्रतिक्रिया