तत्कालीन माओवादीको १० वर्षे सशस्त्र विद्रोहसँगै रहेका दुई मित्र अलग भए । एक प्रधानमन्त्री भए, अर्को उपप्रधानमन्त्रीसम्म भए । तत्कालीन माओवादीबाट प्रधानमन्त्री भएका डा। बाबुराम भट्टराई संविधान घोषणाको केही समयपछि पार्टी परित्याग गरे ।
नयाँ शक्ति पार्टी गठन गरेका उनले वैकल्पिक शक्ति निर्माणको अभियानमा जुटे । माओवादी जनयुद्ध कालमा पार्टीको जनवर्गीय संगठन मधेसी मुक्ति मोर्चाको अध्यक्ष रहेका उपेन्द्र यादवको राष्ट्रिय राजनीतिमा चर्चा थोरै भयो ।
तर, २०५४ सालमा माओवादी परित्यागसँगै मधेसी जनअधिकार फोरम नेपाल स्थापना गर्दै अगाडि बढेपछि उनको चर्चा राष्ट्रिय राजनीतिमा हुन थाल्यो ।यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।
यो पनि पढ्नुहोस्
अन्तत उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम नेपाल र बावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल विच एकिकरण टुंगो लागेको छ । बैशाख २३ गते काठमाडौको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई पार्टी विच एकिकरण घोषणा हुँदैछ । आज एकताका लागी दुर्व पार्टीले सैद्धान्तिक सहमती गरेका छन् । संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल एकिकरण भएर बन्ने पार्टीको नाम समाजवादी पार्टी नेपाल हुने भएको छ ।
राजनितिक जीवनमा निकै खालका प्रयोग गरेका बावुराम अन्तत उपेन्द्र यादवमा विलिन भएका छन् । नयाँ शक्ति र फोरम विच एकता हुँदै गर्दा बावरामको केहि स्वभावको चर्चा गर्नु उपयुक्त हुन्छ । आफै संवाद समितको सभापति रहेका बावुराम २०७३ साल असोज ३ गते संविधान सभाबाट संविधान घोषणा हुँदै गर्दा यो संविधान बनेकोमा दिपावलि गर्नु नहुने भन्दै निस्कीए । माओवादी पार्टीमा सशस्त्र संघर्षको नेतृत्व गरेका उनि माओवादी पार्टीको कोर्स समाप्त भएको भन्दै उनले सम्बृद्धी हाम्रै पालामा भन्ने नारा सहित नयाँ शक्ति पार्टीको निर्माण गरे ।
नयाँ शक्ती पार्टी जनता बाट अस्विकार भए पछि २०७४ साल असोज १७ गते तत्कालीन नेकापा एमाले र माओवादी केन्द्र विच बाम एकताको घोषणा हुँदा बावुरामलाई सँगै हात उठाइरहेको स्टेजमा देखियो । त्यसपछि काग्रेसलाई जरै देखि उखेर फाल्नु पर्छ भन्दै हिँडेका बावुराम एक हप्ता पनि वित्न नपाउँदै काग्रससँगै टाँसिन पुगे ।
निर्वाचनमा काग्रेस सँग गठवन्धन गरेर देशैभरिबाट जम्मा १ सिट जितेर संसद छिरेको उनले अन्तत संघिय समाजवादी फोरम सँग एकता गरेर आगामी यात्रा तय गरेका छन् ।
बृहत समाजवादी शक्ति निर्माणका लागी भन्दै गरिन लागेकोे एकता कतिको दिगो हुन्छ त्यो भने हेर्न बाँकी नै छ । असोज १७ गते पछि एक जना राजनितकि विश्लेषकले बावराम भट्टराईलाई भिरको फर्सि भनेर टिपणी गरेका थिए । उनलको स्वभाव अनुसारको सो टिप्पणी जस्तै व्यवहार फेरि पनि रहन्छ कि फरक ?




















प्रतिक्रिया