Logo

प्रमुख समाचार

ओलीलाई गणेशमान भन्दै प्रदिप गिरी फर्किएपछि…



नेपाली काग्रेसका नेता प्रदिप गिरीले प्रधानमन्त्री केपी ओलीलाई गणेशमान सिंहसँग तुलना गरेका छन् ।

आज संसदमा सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि बोल्दै गिरीले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका बेलामा प्रयोग गरेको मेरो सरकार भन्ने शब्दका विषयमा अनावश्यक चर्चा गरिएको भन्दै उनले राष्ट्रपतिले उक्त शब्द बोल्नु कुनै नौलो कुरा नभएको बताए ।

गिरीले भने-’ मेरै पार्टीले पनि यसमा संम्शोधन हालेको छ मलाई कमसेकम यो शब्दलाई लिएर त्यत्ती धेरै आपत्ती जनाउँनु पर्छ जस्तो लाग्दैन’ ।

निकै खुलेर केपी ओलीको प्रशंसा गरेका गिरी त्यत्तिमै रोकिएनन् उनले थपे ‘तपाइहरुलाई प्रधानमन्त्रीको अध्ययनको बारेमा कतिको थाहा छ कुनि उहाँले जेलमा बर्षौ बर्ष यतिकै विताउँनु भएको छैन उहाँ जस्तो सूचना र जानकारी भएको व्यक्ती मैले त राजनीती जीवनमा कमै देखेको छु । लगभग अर्को गणेशमान जी हुनुहुन्छ उहाँ’ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार १४:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।