Logo

समाचार

नेपालको शिक्षा क्षेत्रमा देखियो डरलाग्दो अवस्था, प्रमाणपत्र खरिद गरी स्थायी शिक्षक



लाखौं विद्यार्थीहरुको भविष्यसँग जोडिएको शिक्षक पेशा नभएर व्यापार बन्न थालेको छ । स्थायी शिक्षक नियुक्त हुनका लागि आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र भारतबाट खरिद गर्ने गरेको खुल्न थालेको छ ।

यस्तो गम्भीर अपराध गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना शिक्षक विरुद्ध मुद्दा दायर गरेको छ ।

रुपन्देहीको टिकुलीगढ स्थित श्री समयमाई माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राम प्रसाद पौडेलले एस.एल.सी. सरहको शैक्षिक योग्यताको प्रमाणपत्र भारतबाट खरिद गरी ल्याई स्थायी शिक्षक नियुक्त भएको फेला परेको हो ।

पौडेलको प्रमाणपत्र छानविन गर्न भन्दै परेको उजुरी उपर कारवाही हुँदा उनले पेश गरेको माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, भारतबाट हाइस्कुल (एस.एल.सी. सरह) परीक्षा उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाण पत्र झुट्ठा फेला परेको अख्तियारले जनाएको छ ।

झुट्ठा विवरण बुझाई राष्ट्रसेवकको पदमा बहाल रही लाभ एवं सुविधा समेत लिएको पुष्टि हुन आएको हुँदा उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन बमोजिम कसुर ठहरिएकोले मुद्दा दाय गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार ०२:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।