काठमाडौँ । अन्नपूर्ण केवलकार लिमिटेडको तेस्रो वार्षिक साधारण सभा २०८२ साल चैत २० गते मिष्टिक माउण्टेनमा सम्पन्न भएको छ। कम्पनीले साधारण सभामार्फत आगामी दिनमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा जाने तयारीलाई तीव्र बनाउने संकेत दिएको छ।
सभाको सुरुआतमा कम्पनीका सञ्चालक आजाद श्रेष्ठले स्वागत मन्तव्य राख्दै आईपीओमा जान आवश्यक कागजातहरू तयार पार्ने प्रक्रियामा साधारण सभा महत्वपूर्ण रहेको बताए।
कार्यक्रम सञ्चालनका क्रममा महाप्रबन्धक दिनेश पौडयालले कम्पनीले हालसम्म गरेका काम तथा प्रगतिबारे विस्तृत विवरण शेयरधनीहरूलाई प्रस्तुत गरेका थिए।
सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको वासलात तथा नाफा–नोक्सानी विवरणमाथि शेयरधनीहरूले उठाएका जिज्ञासाको जवाफ दिइएको थियो। त्यसपछि उक्त आर्थिक विवरण सर्वसम्मत रूपमा पारित गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रमको अन्त्यमा अध्यक्षले सम्पूर्ण शेयरधनीप्रति धन्यवाद व्यक्त गर्दै सभा विसर्जन गरेका थिए।





















प्रतिक्रिया