Logo

समाचार

स्नातक तहको परीक्षाफल प्रकाशित, अनलाईन नतिजा हेर्न सकिने



त्रिभुवन विश्वविद्यालयले परीक्षाफल सार्वजनिक गरेको छ । आज त्रिविले चार वर्षे स्नातक तह प्रथम वर्षको परीक्षाफल सार्वजनिक गरेको हो ।शिक्षा शास्त्र संकाय तर्फको परीक्षाफल सार्वजनिक गरिएको त्रिविले जनाएको छ । परीक्षामा ४५,५३५ परीक्षार्थीले भाग लिएका थिए । परीक्षामा ८,१७२ जना सफल भएको जनाइएको छ ।

यो पनि पढ्नुहोस् !

अहिले सरकारले शिक्षालाई विशेष महत्वका साथ लिएको छ । सरकारले अबको केही वर्षमा नेपाललाई साक्षर बनाउँने बताएको छ । नेपालको शिक्षा क्षेत्रमा त्रिभुवन विश्वविद्यालयको ठुलो भुमिका रहेको छ ।

त्रिविले सबैखाले अपांगता भएका विद्यार्थीलाई निःशुल्क पढाउने भएको छ  । वैशाख ६ गते बसेको त्रिवि कार्यकारी परिषद् बैठकले उक्त निर्णय गरेको हो  ।त्रिविले आंगिक क्याम्पसहरूलाई जारी शैक्षिक कार्यक्रममा योग्यता पुगेका सबै प्रकारका अपांगता भएकालाई निःशुल्क भर्ना गर्न परिपत्र पठाएको छ  ।

केन्द्रीय बहिरा क्याम्पसले अपांगता भएका विद्यार्थीलाई निःशुल्क परीक्षाको व्यवस्था माग गरेपछि उक्त निर्णय भएको जनाइएको छ  ।

अपांग व्यक्तिहरूले आधिकारिक कागजात पेस गरेमा निःशुल्क भर्ना गर्ने,’ परिपत्रमा भनिएको छ, ‘भर्ना भएपछि मासिक शुल्क, परीक्षा शुल्क, लब्धांकपक्र (ट्रान्सत्रिप्ट) शुल्कसमेत सबै प्रकारका शुल्कहरू नलिने बताइएको छ ।

यो पनि पढ्नुहोस् 

एसईई परीक्षा : उत्तरपुस्तिका परीक्षण गर्न कर्मचारी अभाव

एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय सहयोगी र अन्य कर्मचारीको सहयोग लिन थालेको छ ।

परीक्षा सकिएको करिब एक महिना पुगिसक्दापनि कतिपय जिल्लामा उत्तरपुस्तिकामा कोडिङ र व्यवस्थापन गर्न समेत कर्मचारीको अभाव भएपछि परीक्षा नियन्त्रण कार्यालयको आग्रहमा स्थानीय निकायको सहयोगबाट बल्ल उत्तरपुस्तिका परीक्षण शुरु भएको छ ।

एसइई परीक्षा नियन्त्रण कार्यालयले सप्तरीमा कर्मचारी अभाव भएपछि पनिकाले कार्यालय सहयोगी कुमार अधिकारी र नायब सुब्बा विदुर लामिछानेलाई काजमा पठाएर उत्तरपुस्तिका परीक्षण गर्न प्रकृया अघि बढाएको छ । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मात्र भएका अधिकासं जिल्लामा कर्मचारी नभएपछि उत्तरपुस्तिका परीक्षण गर्न समस्या भएको छ ।

सप्तरीमा मात्रै होइन प्रदेश नम्बर २ का अधिकांश जिल्लामा कर्मचारीको चरम अभाव देखिएको छ–राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले नेपाल समाचारपत्रसंग भन्नुभयो ।

उहाले कर्मचारी अभावले गर्दा उत्तरपुस्तिका परीक्षण गर्न समस्या भएको उहाको भनाई थियो । कर्मचारीले उत्तरपुस्तिका रुजु गरी, कोडिङ गर्ने र परीक्षण केन्द्रमा पु-याउने गरेका छन् ।

अधिकाशं जिल्लामा कर्मचारी नै छैनन, तराईका जिल्लामा त खटाएका कर्मचारी समेत जान मान्दैनन, कसरी उत्तरपुस्तिका परीक्षण गर्ने रु–बोर्डका एक कर्मचारीले भने ।

इकाइ प्रमुख एक्लैले उत्तरपुस्तिका परीक्षणको लागि व्यवस्थापन गर्न नसक्ने बोर्डको भनाई छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले ७७ वटै जिल्लामा कर्मचारी अभाव रहेको बताउनुभयो । उहाले भन्नुभयो–सबै जिल्लामा कर्मचारीको अभाव देखिएको भएपनि तराईका सबै जिल्लामा कर्मचारीको चरम अभाव देखिएको छ । हाम्रो अनुरोधमा स्थानीय तहलाई गुहारेर उत्तरपुस्तिका परीक्षण गर्ने काम भैरहेको छ ।

उत्तरपुस्तिका परीक्षण गर्न शिक्षकको अभाव छैन, व्यवस्थापन गर्ने कर्मचारीको अभाव भएकोले समस्या भएको हो–बोर्डका अध्यक्ष प्राडा पौडेलले भन्नुभयो ।बोर्डले हालसम्म कतिपय जिल्लामा उत्तरपुस्किा परीक्षणपछि अंक चढाउने मार्क स्लिप पठाउन सकेको छैन । अहिले त उत्तरपुस्तिका परीक्षणमा भद्रगोल देखिएको छ,पनिकाका एक कर्मचारीले नेपाल समाचारपत्रसंग भने ।

तराइका अधिकांश जिल्लामा कर्मचारी जान नमानेपछि प्रदेश २ मा समस्या देखिएको बोर्डको भनाई छ । अध्यक्ष पौडेलले भन्नुभयो–व्यवस्थापन गर्न खोजिरहेका छौ ।

यही कारणले गर्दा यो वर्षको एसइईको परीक्षाफल ढिलो हुने सम्भावना देखिएको छ । तर बोर्डले समयमै परीक्षाफल प्रकाशित गर्ने तयारी भैरहेको बताउन छाडेको छैन । अध्यक्ष पौडेलले भन्नुभयो–केही जिल्लाका उत्तरपुस्तिका परीक्षण भएर केन्द्रमा आउनेक्रम जारी भैसकेको छ । तर हालसम्म तराइका केही जिल्लामा हिजो आइतबारदेखि मात्रै परीक्षण हुन थालेको छ । चैत १० गतेबाट संचालन भएको परीक्षामा मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थीले परीक्षा दिएका थिए ।

परीक्षाफल हेर्नको लागि यहाँ थिच्नुहोस् ।

 

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार १४:२७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।