सिन्धुलीको फिक्कल गाउँपालिका ३ मा शिक्षकले विद्यार्थीलाई बाल यौन दुर्व्यबहार गरेको खुलासा भएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
फिक्कल सालघारीस्थित मावि रातमाटाका शिक्षक चिरञ्जीवी पहाडीले किशोरीहरू राति घरमा सुतिरहेको अवस्थामा यौन दुर्व्यबहार गर्न खोजेको भन्दै पीडित किशोरीहरूका साथै जिल्ला किशोरी सञ्जाल र बाल सञ्जालले न्याय माग्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन् ।
बाल यौन दुर्व्यबहार गर्नेलाई कारबाही गर भन्ने नाराका साथ दबाबदमूलक नारा लगाउँदै सिन्धुलीमाढीस्थित लोकतान्त्रिक चौरबाट सिन्धुली बजार हुँदै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापन पत्र बुझाएका थिए ।
शिक्षक पहाडीमाथी वाल यौन दुर्ब्यबाहारको आरोपमा मुद्धा दर्ता
सिन्धुलीको फिक्कल गाउँपालिकाको वडा नं–३ स्थित माध्यमिक विद्यालय रातमाटा खोलागाउँमा प्राथामिक तहमा कार्यरत शिक्षक चिरञ्जीवी पहाडीलाई आफ्ना दुई छात्रालाई बाल यौन दुर्ब्यबाहार गरेको आरोप लागेको छ ।
गत बैशाख १३ गते सुक्रबार फिक्कल गाउँपालिका–३ चनौटेमा आयोजित शैक्षिक गुणस्तर सुधार सम्बन्धी अन्तरक्रिया सकेर फर्कने क्रममा मदिरा सेवन गरी रातको समयमा आफ्ना छात्राहरु नाम परिवर्तन वर्ष १४ की सोनिया र वर्ष १५ की जानुकालाई बाल यौन दुरब्यवाहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख चक्र बहादुर सिंहले जानकारी दिए ।
आफ्नै शिक्षकबाट यौन दुरब्यवाहारको सिकारमा परेका पिडित बालिकाहरुले बाल संजालको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गराएका हुन । पिडितले मुद्धा दर्ता गराएपछि फरार रहेका पिडक पहाडीलाई पक्राउका लागी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उता पिडितहरुले भने अभियुक्त चिरन्जिवी पहाडीलाई पक्राउ गर्न प्रहरी पटक–पटक गएपनि स्थानीय जनप्रतिनिधीहरुले नै संरक्षण गरी पक्राउ गर्न नदिएको बताएका छन । फिक्कल गाउँपालिका–३ का वडा अध्यक्ष टेक बहादुर रजन मगर र वडा सदस्य दिपक बहादुर श्रेष्ठले लुकाउने र भगाउने गरेको पिडितका आफ्न्तहरुले आरोप लगाएका छन ।
पिडित वालिकाका अनुसार घटना घटेको भोलीपल्ट वडा अध्यक्ष टेक वहादुर रजन मगरलाई आफुहरुमाथी वलात्कारको प्रयास गरेको भनी निवेदन दिदाँ वास्ता नगरेको वताए ।
उनिहरुले भने‘घटना घटेको भोलीपल्ट वडा अध्यक्ष हाम्रो घरमा आउनु भयो हामी अन्यायमा परेका थियौ न्याय पाउने भयौ भनेर खुसी हुदै निवेदन दिदाँ वडा अध्यक्षले यस्तो कुरा हल्ला गर्नु हुन्न तिमीहरुको वदनाम हुन्छ, यही मिलापत्र गर्नपर्छ भन्नुभयो । वडा अध्यक्षले उल्टै हामीहरुको बदनाम हुने भन्दै मिलापत्र गरौं भनेको उनीहरुले गुनासो गरे । आफुहरु न्यायको लागी बाल संजालको सहयोगमा जिल्ला प्रहरी कार्यालय सम्म आईपुगेको समेत उनीहरुले बताए । यस विषयमा जिज्ञासा राख्न वडा अध्यक्ष टेक बहादुर रजनसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
उता फिक्कल गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक पार्वती सुनुवारले भने घटनाको बारेमा आफुहरुको कार्यालयमा औपचारिक जानकारी नआएको बताईन । सुने अनुसार घटना सामान्य भएको भन्दै उनले भनिन, “घटनालाई राजनीतिकरण गर्नु हुँदैन, तर घटनाको बास्तविकता बुझेर दोषिलाई कार्वाही र पिडितलाई न्याय भने दिनुपर्छ ।” जनप्रतिनिधीहरुले नै संरक्षण गरेको सन्दर्भमा भने आफुलाई जानकारी नभएको उपाध्यक्ष सुनुवारले बताईन ।
उता बाल यौन दुरब्यवाहारको आरोपमा फरार रहेका शिक्षक पहाडीसँग भने फोन सम्पर्क हुन सकेन भने विद्यालयका प्रधानाध्यापक रमण कुमार फुयालले पहाडीले एक हप्ताको बिदा माग गर्दै विद्यालयमा निवेदन दिएको र विद्यालयमा नआएको बताए ।


















प्रतिक्रिया