Logo

समाचार

त्रिविको परीक्षा सम्बन्धी अत्यन्तै जरुरी सुचना



त्रिभुवन विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान तथा संकायहरु अन्तर्गतका विभिन्न क्याम्पसका लागि निम्नलिखित विषयहरुमा उप–प्राध्यापक पदमा आवेदन दिने न्यूनतम योग्यता पुगेका उम्मेदवारहरु लिखीत परीक्षा ईन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस पुल्चोकमा हुने भएकाले सम्बन्धीत सबैको जानकारीका लागि यो सुचना जारी गरिएको छ ।

यो पनि पढ्नुहोस् !

अहिले सरकारले शिक्षालाई विशेष महत्वका साथ लिएको छ । सरकारले अबको केही वर्षमा नेपाललाई साक्षर बनाउँने बताएको छ । नेपालको शिक्षा क्षेत्रमा त्रिभुवन विश्वविद्यालयको ठुलो भुमिका रहेको छ ।त्रिविले सबैखाले अपांगता भएका विद्यार्थीलाई निःशुल्क पढाउने भएको छ  । वैशाख ६ गते बसेको त्रिवि कार्यकारी परिषद् बैठकले उक्त निर्णय गरेको हो  ।

त्रिविले आंगिक क्याम्पसहरूलाई जारी शैक्षिक कार्यक्रममा योग्यता पुगेका सबै प्रकारका अपांगता भएकालाई निःशुल्क भर्ना गर्न परिपत्र पठाएको छ  ।केन्द्रीय बहिरा क्याम्पसले अपांगता भएका विद्यार्थीलाई निःशुल्क परीक्षाको व्यवस्था माग गरेपछि उक्त निर्णय भएको जनाइएको छ  ।

अपांग व्यक्तिहरूले आधिकारिक कागजात पेस गरेमा निःशुल्क भर्ना गर्ने,’ परिपत्रमा भनिएको छ, ‘भर्ना भएपछि मासिक शुल्क, परीक्षा शुल्क, लब्धांकपक्र (ट्रान्सत्रिप्ट)शुल्कसमेत सबै प्रकारका शुल्कहरू नलिने बताइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार ०५:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।