Logo

प्रमुख समाचार

ओलीलाई संसदमा बचाउने सांसद को –को ?



प्रधानमन्त्री केपी शर्मा ओली बेलामौका आफ्ना गलत शब्दबाणीका कारण आलोचित हुँदै आएका छन् । कहिले लहडको भरमा त कहिले दम्भको भरमा मनखुशी बोल्दा एकातिर ओलीको आलोचना भएको छ भने अर्कातिर सरकारविरुद्ध मत सिर्जना भएको छ ।

ओलीले संसदमा गलत कुरा गरे भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु उठेर नाराबाजी गर्न थालिहाल्छन् । त्यसपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ३ जना सांसदहरुलाई खपिसक्नु हुँदैन । उनीहरुको ओलीको पक्षमा खुलेरै काँध थाप्ने गर्छन् ।

उनीहरु हुन् कृष्णभक्त पोखरेल, महेश बस्नेत र खगराज अधिकारी । ओलीले जवाफ दिने क्रममा होस् वा अन्य बेला होस् प्रायजसो विपक्षीलाई आलोचना गरेकै हुन्छन् । उनको व्यवहार नेकपाकै सांसदलाई पनि मन पर्दैन तर पनि आफ्नो र पार्टीको ईज्जत जोगाउन चुपचाप लाग्छन् तर यी ३ सांसदहरुलाई भने ओलीविरुद्ध केही बोले टाउको दुखेर आउँछ ।

पोखरेल चितवनबाट, बस्नेत भक्तपुरबाट र अधिकारी कास्कीबाट निर्वाचित सांसद हुन् । पोखरेलबाहेक अरु २ मन्त्री भइसकेका छन् । पोखरेलले पनि २ पटक निर्वाचन जितिसकेका छन् । प्रचण्डलाई प्रतिनिधिसभाको निर्वाचनमा टिकट दिएका पोखरेल अहिले प्रतिनिधिसभाको कानुन, न्याया तथा मानवअधिकार समितिका सभापति हुन् । पोखरेल एमाले मात्र हुँदा चितवनका अध्यक्ष हुन्, अहिले उनलाई सचिवको भागवण्डा लागेको छ ।

उनी पार्टीमा माधवकुमार नेपालको मान्छे भनेर चिनिन्छन् । बस्नेत र अधिकारी पनि पूर्वमन्त्री नै हुन् । बस्नेत संविधानसभाको २०७० सालको निर्वाचनमा भक्तपुरबाट कांग्रेसका उम्मेदवार रामेश्वरप्रसाद ढुंगेलसँग पराजित भए । उनले त्यसपछि बनेको ओलीकै सरकारमा उद्योगमन्त्री हुने चान्स पाए ।

एमाले र नेकपा माओवादीबीच एकता नहुँदा अधिकारी एमालेको प्रमुख सचेतक थिए । तर एकता भएपछि उनी पाखा लागे ।
ओलीका कारण यी ३ सांसदलाई मात्र होइन अरु सांसदसमेत समस्यामा परेका छन् । उनीहरु ओलीको पक्षमा किन यसरी ज्यानै छोडेर लाग्छन् भनेर अनेक प्रश्न गर्न थालिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार १५:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।