Logo

प्रमुख समाचार

किन परिन करिश्मा मानन्धर बाबुराम भट्टराईबाट माइनसमा ?



भर्खरै एसईई परिक्षा सकेर बसेकी अभिनेत्री करिश्मा मानन्धर यतिबेला बाबुराम भट्टराईको राजनीतिबाट माइनसमा परेकी छिन् ।एसईई परिक्षाको कारण देखाउँदै तत्कालिन नयाँ शक्ति नेपालको राजनीतिक कार्यक्रममा केही महिनाअघि देखि सहभागीता नजनाएकी थिइन् ।

एसईई सकियो, नयाँ शक्तिका विभिन्न कार्यक्रम जारी थिए । करिश्मा कतै देखा परिनन् । नयाँ शक्ति गठनका समयमा राष्ट्रिय परिषद सदस्य रहेकी उनी पार्टीका विभिन्न कार्यक्रममा मात्र हिँडिन्, डा. बाबुराम भट्टराईलाई चुनाव प्रचारका लागि सहयोग पनि गरिन् ।

तर, यतिबेला नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम मिलेर समाजवादी पार्टी बन्यो, करिश्मा कता गइन् ?‘उहाँलाई हामीले एकीकरणका बेला बोलाएका हौं रेस्पोन्स भएन । त्यसकारण छुट्नुभएको होला’, समाजवादीका एक नेताले भने,‘उहाँलाई नराख्ने, नल्याउने भनिएको छैन ।’

समाजवादीमा करिश्मालाई कुनै भाइटल रोलमा तानिएको छैन । एकता घोषणामा पनि उनको उपस्थिति नहुनु डा. बाबुराम भट्टराईले नै अगाडि सार्न नखोजेको धेरैको बुझाई छ ।

समाजवादी पार्टीको भाइटल रोलमा नयाँ शक्ति नेपालबाट हिसिला यमीलगायत परेका छन् । अझ, नयाँ पदाधिकारी संख्या धेरै पाएका डा. भट्टराईको भागमा उनी किन परिनन् ? एक नेता भन्छन्,‘हाम्रा तर्फबाट केही पदाधिकारी नियुक्ति गर्न बाँकी छ, सम्भवत उहाँ पर्न सक्नुहुन्छ ।’

समाज परिवर्तनका लागि भनेर नयाँ शक्तिमा लागेको करिश्माले बताउँदै आएकी थिइन् । उनले डा. भट्टराईको विद्वताका कारण पनि आफू अध्ययनमा लगनशील भएर विद्यालय शिक्षामा जोडिएको बताउँदै आएकी थिइन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार १२:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।