इटालियन क्लब इन्टर मिलानले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । आइतबार भएको खेलमा इन्टर मिलानले मोन्चेङ्गलविचलाई ३-२ गोल अन्तरले हराएको हो ।
मोन्चेङ्गलविचको घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे । त्यस्तै माट्यो ड्रामियनले एक गोल गरे । मोन्चेङ्गलविचका लागि अल्साने पेलेले दुई गोल गरे ।
समूह चरणमा मोन्चेनग्लाडवाकको यो पहिलो हार हो । इन्टरसँगको हारसँगै बोरुसिया मोन्चेनग्लाडवाकले नकआउट चरण प्रवेशको लागि अर्काे खेल नै कुर्नुपर्ने भएको छ ।
खेलको १७ औं मिनेटमा ड्रामियाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी समायमा मोन्चेङ्गलविचका लागि पेलेले गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।
६४ औं मिनेटमा लुकाकुले गोल गर्दै टिमको अग्रता २-१ बनाए । ७३ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई जिततर्फ अगाडि बढाए । पेलेले ७५ औं मिनेटमा मोन्चेङ्गलविचका लागि व्यक्तिगत दोस्रो गोल फर्काए पनि टिमको हार भने टार्न सकेनन् ।
इन्टर मिलानको जितले समूह ‘बी’ बाट सबै चार टोलीको नकआउट चरण पुग्ने बाटो खुल्ला भएको छ । शीर्षस्थानको मोन्चेनग्लाडवाकको ५ खेलबाट ८ अंक छ । समान खेलबाटै साख्तर डोनेक्स र रियाल म्याड्रिडको ७ अंक रहँदा इन्टर मिलानले ५ अंक जोडेको छ ।
प्रतिक्रिया