Logo

प्रमुख समाचार

सरकारले हस्तक्षेपको नीति लिनु गलत : कांग्रेस महामन्त्री कोईराला



प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले खेलाडीहरु देशको प्रतिष्ठा भएको बताएका छन । मोरङ्को सुनबर्सी नगरपालिकामा आयोजित तेश्रो अमरदह गोल्डकप २०७६ को समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै महामन्त्री कोइरालाले पछिल्लो समय खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिष्ठा बढाइरहेका भएपनी सरकारले खेलकुद क्षेत्रको बिकासका लागि अझै पर्याप्त काम गर्न नसकेको बताएका हुन् ।

एक फरक प्रसङ्गमा बोल्दै महामन्त्री कोईरालाले देश पूर्ण लोकतान्त्रीक पद्दतिमा चल्न सके मात्रै सबै क्षेत्रको समग्र बिकास हुनुमा जोड दिदै सरकारका पछिल्ला गतिबिधीहरुले सरकार र नेकपाको लोकतन्त्र प्रतिको प्रतिबद्दतामा शङ्का उब्जिएको बताए ।

प्रेस र संबैधानिक निकायहरुमा सरकारले हस्तक्षेपको नीति लिनु गलत रहेको उल्लेख गर्दै कोइरालाले सरकारले यस्तै रबैया अपनाए नेपाली कांग्रेसलाई मान्य नहुने चेतावनी दिए ।

सबै राजनितिक शक्तीहरुको सहमती र सहकार्यमा मात्रै देशको भलाई रहेको भन्दै कोइरालाले सरकारले सहमती र सहकार्यको बाटो बिर्सेको आरोप लगाए । महामन्त्री कोइरालाले स्थिर सरकार बनेपनि देश झन जटिल अवस्थामा पुगेको भन्दै सरकार सुशासन स्थापना र महङ्गी नियन्त्रण गर्न पूरै असफल भएको बताए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलवार १६:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।