Logo

राजनीति

अख्तियारकाे  लापवार्ही रोक्न उच्च स्तरिय छानविन समिति गठन गर्न कांग्रेस वरिष्ठ नेता पौडेलको माग 



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएका ढिला सुस्तीबारे छानविन गर्न माग गरेका छन् । वरिष्ठ नेता पौडेलले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै त्यसबारे छानविन गर्न माग गरेका हुन् । 

निगमको जग्गा खरिद फाइल सुटुक्क तामेली भन्ने कान्तिपुर पत्रिकामा प्रकाशित समाचार पश्चात  नेता पौडेलले १ अर्व ३४ करोडको खेल भनिएको उक्त प्रकरणमा ढिसमिस पार्ने काम सुसाशनका लागि संस्थाबाट नै भइरहेको भन्दै आपत्ती जनाएका छन् । उनले उनले माझीले नै डुंगा डुबाउने लागेपछि कसले पार गर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम प्रति आशंका व्यक्त गरेका छन् ।

यस अघि पनि अर्वाैका भ्रष्टाचार काण्डहरु चर्चामा छन् ।तीनको तदारुकताका साथ छानबिन गरि दोषी उपर कार्बाही चलाउने राष्टहरुमा ब्रमलुट रोक्ने काममा अख्तिायारको ढिलासुस्ती र लापर्बाही चर्चामा रहेको अवस्थामा अख्तियारको काम उचित नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले अख्तियारको काम कार्बाही बारे छानविन गर्न पूर्व प्रधानन्यायाधीशको अध्यक्षतमा उच्च स्तरिय न्यायिक आयोग गठन गर्न माग गरेका छन् ।

प्रकाशित मिति : भाद्र २७, २०७७ शनिबार  २ : २३ बजे