Logo

प्रमुख समाचार

काठमाडौंको नरेफाँटबाट विप्लवका ७ जना कार्यकर्ता पक्राउ



मसाल जुलुसको तयारी गरिरहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ७ जना कार्यकर्ता काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ३२ नरेफाँटबाट मसाल जुलुको तयारी गरिरहेका उनीहरु ४ थान प्रेसर कुकर र १ सय थानभन्दा बढी पर्चासहित पक्राउ परेका हुन् ।

उनीहरु सोमबार घोषणा गरिएको नेपाल बन्द पूर्वसन्ध्यामा मसाल जुलुसको तयारी गरिरहेका थिए । पक्राउ पर्नेमा झापाका बर्ष ३७ का आशिष तामाङ भन्ने डम्बर तामाङ, सल्यान बागचौर ४ का चित्र बहादुर ओली, भक्तपुर मध्यपुर ठिमीका ३६ वर्षीय राकेश श्रेष्ठ, ३१ वर्षीय बुद्धिबहादुर सुनार रोल्पाका ३६ वर्षीय बुद्धिलाल पुन, झापाका ५१ वर्षीय तेजराज काफ्ले र ५२ वर्षीय तेजबहादुर मोक्तान रहेका छन् ।

उनीहरुबाट ४ थान प्रेशर कुकर थान, ८ थान मोवाईल,बोराले बेरेको बाँसको भाटा ३० देखि ४० थान र १५०० थान भन्दा बढी पर्चा बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् 

घट्टेकुलो र सुकेधारामा विप्लवको विस्फोट, ३ जनाको मृत्यु, ६ घाइते

सुकेधारा र घट्टेकुलोमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । ६ जना घाइते भएका छन् ।सुकेधारा र घट्टेकुलो दुबै स्थानमा घटनास्थलमा एक एक जना मृत भेटिएका छन् भने ओम अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । ओम अस्पतालमा मृत्यु हुने सुकेधारा विस्फोटका घाइते हुन् । ओम अस्पतालमा अरु ५ जनाको उपचार भइरहेको छ ।

घट्टेकुलो विस्फोटका घाइते रविन केसीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।दुबै विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको पुष्टि भएको छ । घट्टेकुलो विस्फोटका घाइते केसी विप्लव समूहका विद्यार्थी नेता हुन् ।

सुकेधारा विस्फोटमा घाइते भएका सुरेन्द्र महर्जन विप्लव समूहको भातृ संस्था नेवा मुक्ति मोर्चाका नेता रहेको प्रहरीले जानकारी दिएको छ ।सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा बम विस्फोट भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिलिण्डर विस्फोट भएको खुलेको छ । तर, आफैं वा कसैले विस्फोट गराएको हो भन्ने अनुसन्धान भइरहेको प्रवक्ता पोखरेलले बताए ।

घट्टेकुलो बम बिस्फोटमा घाइते हुने विप्लवका विद्यार्थी नेता

राजधानीमा आइतबार दिउँसो भएका दुबै बिस्फोट बम भएको प्रहरीले पुष्टी गरेको छ।काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले दिएको जानकारीअनुसार प्रारम्भिक अनुसन्धानबाट दुबै स्थानमा सिलिण्डर बम पड्केको देखिएको छ।

‘हामीले घट्टेकुलोको घटनास्थलबाट विप्लव माओवादीका पर्चा भेटिएका छन्। त्यहाँ घाइते भएका एक जना विप्लवका विद्यार्थी नेता भएको खुलेको छ,’ उनले भने।

घटनामा घाइते भएका रविन केसी त्रिचन्द्र कलेजमा विप्लव माओवादीको विद्यार्थीका अध्यक्ष हुन्।विप्लव माओवादीले जेठ १३ गते नेपाल बन्द आह्वान छ। त्यसैको पूर्वसन्ध्यामा बम बनाउने तयारी गरिरहेका बेला बिस्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

दुबै घटनामा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।यसअघि विप्लवले जेठ ८ गते निकालेको विज्ञप्तिमा केपी ओली सरकारले गरेको जघन्य घटनाको बदला जनताले उचित समयमा लिने नै चेतावनी दिएका थिए। प्रहरीले आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेलाई भोजपुरमा हत्या गरेको भन्दै विप्लवले बदला लिने चेतावनी दिएका थिए।

काठमाडौंमा बम बिस्फोट भएका दुबै घर नेपाली सेनाको नियन्त्रणमा

काठमाडौंको घट्टेकुलो र सुकेधारामा बम विस्फोट भएपछि अहिले दुबै स्थानका घटनास्थल सेनाले आफ्नो नियन्त्रणमा लिएको छ।सेनाको बम डिस्पोजल टोलीले घटनास्थल आफ्नो नियन्त्रणमा लिएर सुरक्षा जाँच कडा बनाएको छ।

‘ती स्थानमा अरू पनि बिस्फोटक पदार्थ हुन सक्ने भएकाले सेनाले नियन्त्रणमा लिएर जाँच गरिरहेको छ,’ काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले जानकारी दिए।सेनाले अहिले घटनास्थलमा कसैलाई प्रवेश दिएको छैन।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुबै स्थानमा सिलिण्डर बम पड्केको देखिएको छ। ‘हामीले घट्टेकुलोको घटनास्थलबाट विप्लव माओवादीका पर्चा भेटिएका छन्। त्यहाँ घाइते भएका एक जना विप्लवका विद्यार्थी नेता भएको खुलेको छ,’ उनले भने।

घटनामा घाइते भएका रविन केसी त्रिचन्द्र कलेजमा विप्लव माओवादीको विद्यार्थीका अध्यक्ष हुन्।विप्लव माओवादीले जेठ १३ गते नेपाल बन्द आह्वान छ। त्यसैको पूर्वसन्ध्यामा बम बनाउने तयारी गरिरहेका बेला बिस्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

दुबै घटनामा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।यसअघि विप्लवले जेठ ८ गते निकालेको विज्ञप्तिमा केपी ओली सरकारले गरेको जघन्य घटनाको बदला जनताले उचित समयमा लिने नै चेतावनी दिएका थिए। प्रहरीले आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेलाई भोजपुरमा हत्या गरेको भन्दै विप्लवले बदला लिने चेतावनी दिएका थिए।

सुकेधारा विस्फोटमा मारिएकाको शव पोष्टमार्टमको लागि लगियो

सुकेधारा विस्फोटको घटनास्थलमा मारिएकाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । यसअघि उपचारका लागि अस्पताल लगिदै गर्दा बाटैमा निधन भएका एकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

आइतबार दिउँसो ४ बजे तिर काठमाडौं क्षेत्र नम्बर ४ स्थित सुकेधाराको ढलाने पुल नजिकै एक शैलुनमा अज्ञात बस्तु पड्कदा दुई जनाको मृत्यु भएको थियो ।

घटनामा ५ जना घाइते भएका छन् । घाइते पाँच जनाको ओम अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका घाइतेको त्यहाँ उपचार हुन नसकेपछि ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । घाइते मध्ये एक जनाको अवस्था नाजुक रहेको छ । प्रहरीले पड्किएको बस्तु बम हो या सिलिण्डर अनुसन्‍धान भै रहेको जनाएको छ ।

उद्दारमा संलग्न जीवन खतिवडाका अनुसार स्थानीय घटनास्थलमा आइपुग्दा बारुदको गन्ध आइरहेको थियो । विस्फोटस्थलमा पुग्दा घाइतेहरु छटपटाइ रहेका थिए । उनले चिनेका स्थानीय तथा घाइते हरी खड्कासहितलाई ओम अस्पताल उनकै पहलमा पुर्‍याइएको थियो ।

विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको बन्दको अघिल्लो दिन राजधानीमा ज्यान लिने गरि भएको विस्फोटले सबै सुरक्षा निकायलाई गम्भीर बनाएको छ ।

घटनास्थलमा परिचालित ठुलो संख्याका नेपाली सेना, सशस्त्र, सिआइबी र प्रहरीको टोलीको उपस्थितिले समेत घटनाको संवेदनशिलता देखिएको हो । घटना लगतै प्राप्त विवरणमा ग्यास सिलिण्डर पड्किएको बताइएपनि घटनास्थलको प्रकृतिले अलग बयान गरेको प्रहरी स्रोतले जनाएको छ ।

शैलुनको पछाडि भागमा रहेको कोठामा भेटिएका शंकास्पद बस्तुहरु सिलिण्डर, प्रेसर कुकर, बारुद र अन्य विद्युतिय सामग्रीले प्रहरी विस्फोटको घटनालाई विभिन्न कोणबाट अनुसन्धान गर्नुपर्ने स्थीतिमा पुगेको छ । प्रहरी स्रोतका अनुसार घटनास्थलमा प्रेसर कुकर बम पड्किएको हुनसक्ने बताइएको छ । प्रहरीले विस्फोटक पदार्थ बनाउने क्रममा विस्फोट सामग्री विस्फोट भएको आशंका समेत गरेको छ ।

घटनास्थल नजिकै वेवारिसे अवस्थामा फेला परेको बा २९ प ८५९९ नम्बरको मोटरसाइकल समेत प्रहरीको अनुसन्धानको बिषय भएको छ । मोटरसाइकल र विस्फोटमा परेकाहरुको कनेक्शनसमेतलाई प्रहरीले अनुसन्धानको बिषय बनाउने देखिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आईतवार १७:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।