नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेतले प्रतिनिधिसभा बैठकमा सोमबार आफू आउन दस मिनेट ढिला भएको बताए।
उनले राजधानीको कोटेश्वरमा अरु बेला भन्दा बढी जाम भएका कारण आफू ढिला भएको उल्लेख गरे। म आज दस मिनेट ढिला आएँ, कोटेश्वरको जाम अन्य दिनभन्दा बढी थियो, बस्नेतले भने, विप्लव समूहको बन्द जनताले अस्वीकार गरेको प्रमाण हो यो।’
बस्नेत भक्तपुरका बासिन्दा हुन्।बस्नेतको धारणामा सत्तापक्षका सांसदले ताली बजाएर सही थापे।तर लगत्तै प्रतिपक्षीका सांसद बस्नेतमाथि भारी परे। सांसद पार्वता डिसी चौधरीले आफू भक्तपुरकै बालकोट बस्ने गरेको र पाँच मिनेटमै बालकोबाट बानेश्वरस्थित संसद भवन आइपुगेको बताइन्।
बालकोटबाट आउँदा ५ मिनेटमा आइपुगें बाटो खुला थियोु, चौधरीले भनिन्।लगत्तै कांग्रेसकी अर्की सांसदले पनि बस्नेतलाई जवाफ फर्काइन्।
म वनस्थलीबाट यहाँ सदन आइपुग्दा १ घण्टा लाग्थ्यो आज २० मिनेटमा आइपुगे, कांग्रेस सांसद रंगमती शाहीले भनिन्, वनस्थलीतर्फ रुटका गाडी सबै कोटेश्वर गएका रहेछन्।’
शाही बोलेपछि भने संसदमा हाँसो फैलियो । कांग्रेसकै अर्की सांसद लक्ष्मी परियाले भने गृहमन्त्रीलाई सोधेको प्रश्नमा सत्तापक्षबाट जवाफ आएको भन्दै सभामुखको ध्यानाकर्षण गराइन्।
गृहमन्त्री थापाले आइतबारको विस्फोटमा नागरिक नमारिएको बताएका थिए।कांग्रेस सांसदले नेपाली नागरिक नमारिएको भए कुन देशका नागरिक हुन् भनेर सोधेका थिए। तर सत्तापक्षका सांसदहरूले त्यस्ता विस्फोटमा संलग्नलाई नागरिक नमानेर गृहमन्त्रीले ठीक गरेको बताएका थिए।




















प्रतिक्रिया