निर्मल लामिछाने।
अस्ट्रेलिया भ्रमणमा रहेको भारतले तेस्रो तथा अन्तिम ओडिआई खेलमा पहिले ब्याटिङ गरेर ३०२ रन बनाएको छ ।
टस जितेर मानुका ओभल क्यानबेरामा पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३०२ रन बनाएको हो । भारतको लागि ओपनर शिखर धवन १६, शिभम गिल ३३, श्रेयस ऐयर १९, विराट कोहली ६३, के एल राहुल ५ तथा अन्तिममा हार्दिक पाण्डे र रबिन्द्र जडेजाले १५० रनको पाट्नर्सिप गर्दै सम्मानजनक योगफल खडा गरेको हो । जसका लागि पाण्डे र जडेजाले क्रमश: ९२ र ६६ रनमा नटआउट रहे ।
यसअघि भएको दुवै खेलमा भारत अस्ट्रेलियासँग पराजित भएको थियो । भारतको टोलीमा आज चार खेलाडी परिवर्तन भएका छन् । भारतले टोलीमा आज तीव्र गतिका बलर टि नटराजनलाई डेब्यू गराएको छ, भने यसअघिका दुवै खेलमा खराब प्रर्दशन गरेका नवदीप सैनीको स्थानमा नटराजनलाई डेब्यू गराएको हो ।
अबको केहीबेरमा अस्ट्रेलिया ब्याटिङ गर्न उत्रदै छ । भारतको लागि यो खेल प्रतिष्ठाको लडाई मात्र हुने छ, भने अस्ट्रेलियाले क्लिनस्विप गर्न खोज्दैछ ।
भारतको टिममा: शिखर धवन, सुभमन गिल, विराट कोहली (कप्तान), श्रेयस ऐर, लोकेश राहुल (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, जस्प्रित बुमराह र टि नटराजन
अष्ट्रेलियाको टिममा: आरोन फिन्च (कप्तान), क्यमरन ग्रिन, स्टिभ स्मिथ, मोइसेस हेनरिक्स, मार्नस लाबुसेन, ग्लेन म्याक्सवेल, एलेक्स केरी (विकेटकिपर, सन एबट, एस्टन अगर, एडम जाम्पा र जोश हेजलवुड




















प्रतिक्रिया