सरकारले प्रतिबन्धको घोषणा गरे पश्चात विप्लव नेतृत्वको नेकपा समुह आक्रामक बन्दै गएको छ । बन्द हड्तालदेखि बम पट्काउने काममा सक्रिय विप्लव समुहले सशस्त्र द्धन्द्धकै शैली अपनाउनाले नागरिक यतिबेला आतंकित छन् । प्रतिवन्धपछी विप्लवका कार्यकर्ता माथि कडा निगरानी राखि सरकारले धरपकडलाई तिब्र बनाउदा बिप्लव समुहले बम पडकाउने र नागरिकलाई आतंकित बनाउने काम तिव्र पारेको देखिन्छ ।
सरकारको दमनकै कारण विप्लव नेतृत्वको समुह उग्र बन्दै गएको विश्लेषकहरु बताउछन् । जुन कुरा प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांङकले प्रष्ट पार्छ ।
प्रहरीको तथ्यांक अनुसार सरकारले विप्लव माथि प्रतिवन्ध लगाए पछि करीब साढे दुई महिनाको अवधिमा बम बिस्फोट तथा प्रहरीसँगको
विप्लव समुहले देशका विभिन्न १ सय १३ वटा स्थानमा बम राखेका थियो जसमध्ये १८ वटा बम बिस्फोट भएका छन् भने ९५ वटा बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । करिब साढे दुई महिनाको छोटो समयमा पनि विप्लवका कार्यकर्ता सँग ८ वटा साना ठुला हतियार र २ सय २७ राउन्ड गोली प्रहरीले बरामद् गरेको छ । त्यस्तै विभिन्न समयमा बन्दको अवहेलना गरेको भन्दै विप्लव समुहले १० वटा सवारी साधनमा तोडफोड र आगजनी गरेको छ ।
प्रतिबन्ध पछि प्रहरीले विप्लवका ४ सय १८ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । जसमध्ये ३ सय ६९ जना विरुद्द मुद्दा दर्ता भएको छ । प्रहरीका अनुसार ५४ जनालाई पुर्पक्षका लागि कारगार चलान गरिएको छ । त्यस्तै १ सय १४ जना अहिलेपनी अनुसन्धानको दायरामा छन् ।
हुनत प्रतिबन्ध पहिले पनि प्रहरी प्रशासनले विप्लवका नेता कार्यकर्तालाई धरपकड नगरेको होइन । प्रतिबन्ध पहिलेको ९ महिनाको तथ्यांक हेर्ने हो भने विप्लव समुहका १ सय ९० जना परेका छन् भने १ सय ७२ जना विरुद्द मुद्दा दायर गरिएको छ ।
यस तथ्यांकलाई हेर्दा ९ प्रतिवन्ध पहिनाको ९ महिनामा पक्राउ पर्ने विप्लव समुहका नेता कार्यकर्ताको संख्या भन्दा प्रतिवन्ध पछिको साढे २ महिनामा पक्राउ पर्नेको संख्या दोब्बर बढी देखिन्छ । यसबाट पनि बुझ्न सकिन्छ की फरक राजनीतिक आस्था राखेको विप्लव समुह माथि सरकारको दमनले अशान्ति फैलिदै गएको छ । दमनको प्रतिकार स्वरुप नै विप्लव समुहले अराजक गतिविधि बढाउदै छ ।
सरकार र विप्लव नेतृत्वको समुहविचको अन्तर द्धन्द्धले नागरिकहरु क्रसित छन् । सरकार राज्य सञ्चालनको पावर प्रदर्शन गर्दै दम्भ देखाउने अनी विप्लव समुह अराजक बन्दै जाने शिलशिला जारी रहदाँ नागरिक चेपुवामा परेका छन् । सरकारको दम्भ र विप्लवको शस्त्र उठाउने बाटो अवलम्वनले नेपालमा पुन द्धन्द्धको भय देखा परेको छ ।
१० वर्षेय लामो द्धन्द्धको मारबाट बाहिर निस्केको १३ वर्ष नवित्दै पुन मुलुक द्धन्द्धमा फसे यसले नयाँ नेपाल भन्नौ वा समृद्ध नेपाल यि कुनै पनि भविष्य करिब असम्भव जस्तै बन्ने देखिन्छ । त्यसैले देशमा सुशासन कायमको नारा लगाउनेले शान्तिको बाटो अवलम्वन गर्नु पर्छ र सरकारले असन्तुष्ट पक्षलाई लोकतान्त्रिक मुल्य र मान्यताको सिद्धान्तमा टेकी शान्तिको मार्गमा ल्याउन प्रभावकारी कदम चाल्नु पर्छ । शान्ति र समृद्धी आजको आवश्यकता हो तर अशान्तिको मार्ग मार्फत शान्तिको आशा नेपाली नागरिकको इच्छा विपरित देखिन्छ ।
सोलुखुम्बुमा विप्लव आतंक : यस्तो छ घटनाको नालीबेली

गएराति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सोलुखुम्बुको एक प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको हल्ला फैलियो । सशस्त्र आक्रमणको त्रासले प्रहरीले चौकी नै छाडेकोसमेत बताइएको छ । तर यो हल्लालाई प्रहरी र विप्लव दुवै पक्षले निराधार भएको भन्दै खण्डन गरेका छन् । यद्यपी उक्त क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । यो घटनाले सरकारलाई पनि झस्काएको छ ।
सरकारले गत फागुन २८ गते प्रतिबन्धको घोषणा गरेसंगै विप्लव समुहले आफ्नो गतिविधि पनि तिव्र पार्दे गएका छन । यसैको पछिल्लो उदाहरण आइतबार राती सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा रहेको प्रहरी चौकीमा आक्रमणको प्रयास भएपछि त्याहांबाट प्रहरीहरु नै विस्तावित हुनुपरेको बताइएको थियो ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा रहेको प्रहरी चौकीमा आईतवार राती बिप्लप समुहमा आवद्ध केही कार्यकर्ताले आक्रमणको प्रयास गरेको स्थानीयको दावी छ । प्रहरी नै भाग्नुपर्ने गरी विप्लवका कार्यकर्ताले आक्रमणको प्रयास गरेको भन्ने हल्लालाई नेपाल प्रहरीले भने निराधार भनेको छ । प्रहरी प्रवक्ता विश्वराज पोखरेलले विप्लव समुहले चौकी आक्रमण गर्न खोजेको हल्लाको खण्डन गरेका हुन् ।
प्रहरीले यसलाई अस्वीकार गरिरहँदा विप्लव नेतृत्वको नेकपाले पनि प्रहरीको दावीलाई बल पुग्ने गरी विज्ञप्ति निकालेको छ । विप्लव समुहले पनि उक्त घटनालाई सरकारले सुनियोचित भएको भन्दै विज्ञाप्ती जारी गर्दै खण्डन गरेको हो । यो घटनासंगै नेपाली राजनितिमा कहीकतै फेरी पनि मुलुकमा जनयुद्ध हुने त होइन भन्ने विश्लेषण हुन थालेको छ ।
चौकी छाडेर प्रहरी भागेको भनिएको सोलुखुम्बुको महाकुलुङमा थप सुरक्षाकर्मी पठाइएको छ । काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली समेत पठाइएको छ । तर तिनिहरुलाई घटना बिशेषको लागि खटाइएको नभएर नियमित सर्चमा पठाइएको प्रहरीले दाबी गरेको छ ।
सुरक्षा निकायले यसो भनिरहदां गृहमन्त्री राम बहादुर थापाले सोमबार गृहमन्त्रालयमा आकस्किम बैठक सेमत बसे । र सुरक्षा निकायका प्रमुखहरुलाई विप्लव समुहको गतिविधिमाथि गंम्भिररुपमा नियाल्न समेत गृहमन्त्री थापाले निर्देशन दिइसकेका छन् ।
पछिल्लो समय देशका विभिन्न स्थानमा बम आतंक फैलाएको विप्लव समुहले सशस्त्र द्धन्द्ध नै गर्न लागेको हो कि भन्ने त्रास भने फैलिएको छ ।सरकारले विप्लव समुहलाई कमजोर सोच्न नहुने भन्दै उनीसंगै अन्य शत्तिहरु पनि मिलेर ठुलै युद्धहुन सक्नेतर्फ राज्य सचेत हुनुपर्नेमा विश्लेषकहरुले आवश्यकता औल्याएका छन् ।




















प्रतिक्रिया