Logo

प्रमुख समाचार

विदुर खानेपानीको चुनावमा कांग्रेसको हार, नेकपाको सिंगो प्यानल बिजयी



विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा कांग्रेसको हार भएको छ । कांग्रेसका उम्मेदवारलाई नेकपा पक्षधर उम्मेदवारले हराउँदै बिजयी बनेका हुन् । संस्थाको अध्यक्षमा नेकपाका उम्मेदवार नारायणबहादुर खनाल बिजयी भई ह्याट्रिक गरेका छन् । सोमबार सम्पन्न मतगणनाको परिणामअनुसार खनालको प्यानल नै विजयी भएको हो ।

अध्यक्षमा खनालले ७६३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार राजेन्द्र अर्यालले ६३७ मत प्राप्त गरे । संस्थाको सातौँ अधिवेशनबाट खनाल लगातार तेस्रो पटक विजयी भएका हुन् । यस्तै उपाध्यक्षमा सञ्जीवबहादुर श्रेष्ठ, सचिवमा रघुनाथ रिमाल र कोषाध्यक्षमा बच्चुमाया सुनारीमगर विजयी भए ।

सदस्यहरुमा क्रमशः जगतकुमारी गिरी, रविता भट्ट, राजेन्द्र पाण्डे, मुनिराज गजुरेल र लवप्रसाद न्यौपाने विजयी भए । बिजयी सबै नेकपा निकट हुन् ।

कांग्रेसलाई पक्तासाफ पारेसँगै विजयी उम्मेदवारहरूले अबिरजात्रा गर्नुभएको छ । पार्टी नेताहरूको सहभागितामै बिजयी नयाँ नेतृत्वले अबिरजात्रासहित सहर परिक्रममा गरेका हुन ।

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार १७:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।