नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली काङ्ग्रेसलाई अहिलेको अवस्थामा जागरण अभियानभन्दा पनि चौधौं महाधिवेशनको शुरुआत गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
नेपाली कांग्रेस पनौती नगरसमितिले आज काभ्रेको पनौतीमा आयोजना गरेको राष्ट्रिय जागरण अभियानमा नेता कोइरालाले जागरण अभियानले गर्दा चौथो महाधिवेशन धकेलिने र स्थानीय निर्वाचनमा असर पार्ने भएकाले अब पार्टीले चौथो महाधिवेशन गर्नुपर्ने बताए ।
उनले कार्यकर्तालाई प्रश्न गर्दै भने, “पार्टीका लागि जागरण अभियान जरुरी हो कि चौथो महाधिवशेनको शुरुआत गर्न जरुरी हो ?” अहिले कांग्रेसको गाउँपालिका र नगरपालिकाको संरचना नभएको अवस्थामा कसलाई कसरी मान्ने भन्ने प्रश्न उठेको नेता कोइरालाको भनाइ थियो ।
“मेरै क्षेत्रमा तीन-तीन जना सभापति छन् कसलाई मान्ने”, प्रश्न गर्दै उनले भने, “गाविस वडामा परिणत भइसक्यो कसलाई मान्ने त्यसमा कांग्रेस चुकिरहेको छ ।”
नेता कोइरालाले अहिलेको बजेट ८० प्रतिशत केन्द्रमा, छ प्रतिशत प्रदेशमा र बाँकी १४ प्रतिशत मात्रै स्थानीय तहमा दिइएकाले पनि सरकार अधिकारलाई केन्द्रमा नै राख्न खोजिरहेको आरोप लगाए ।
पार्टीको केन्द्रीय प्रशिक्षण विभागका निर्देशक पुरुषोत्तम दाहालले जिल्ला-जिल्लामा प्रशिक्षण विभाग गठन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले पार्टीभित्र कार्यक्रममा विशिष्ट अतिथि, अतिथि भनेर बोलाउने काम बन्द गर्नुपर्ने बताए।
पत्रकारमाथि धावा बोल्ने मेयरलाई तत्काल कानुनी कार्बाही हुनुपर्छ : नेता प्रदीप पौडेल
प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् युवा नेता प्रदीप पौडेलले पत्रकारमाथि धावा बोल्ने, इटहरी उप महानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई तत्काल कानुनी कार्बाहिको माग गरेका छन् । पौडेलले मेयर चौधरीलाईको हर्कत प्रती सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै आत्मालोचना होइन लोकतन्त्रप्रति प्रतिबद्ध पार्टीले यस्तो धृष्टता गर्नेलाई सरकारले कार्बाही गरोस् भनेका छन् ।
अराजक भएर विधिका विरुद्ध ललकार्ने, पत्रकारमाथि धावा बोल्ने, जनप्रतिनिधि भएर आफ्नो मर्यादा राख्न नसक्ने भन्दै नेता पौडेलले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई उनको पार्टिले समेत कार्बाही गर्नुपर्ने उल्लेख गरेका छन् ।
लोकतन्त्रको रक्षा कांग्रेसले मात्रै गर्न सक्छ : प्रवक्ता शर्मा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानले आम कार्यकर्तामा छलफलको शुरुवात भएको बताएका छन् ।आज चितवनको भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता शर्माले जागरण अभियान कांग्रेस सुधारको शुरुवात भएको पनि बताए ।
जागरण अभियानले कांग्रेसलाई कुन दिशामा लैजाने भन्ने कुराको पुष्टि गर्ने उनको भनाइ थियो।उनले भन्, ‘कांग्रेसको रुपान्तरणका लागि जागरण अभियान पनि एउटा ट्याब्लेट हो ।’ अभियानसँगै कांग्रेसले गति लिएको भन्दै उनले भने, ‘कांग्रेसको गाडी शुरु भयो। हिजो ड्राइभरहरु मात्रै कुदेको देखिन्थ्यो। अब गाडी स्टाट भएको छ दोस्रो चरणमा पुग्दा गाडी राजमार्गमा आउँछ र तेस्रो चरणमा पुग्दा गति लिन्छ।’ समग्रमा पार्टीको जागरण अभियान सफल भएको उनले दावी गरे ।
अभियानका क्रममा आम जनतामा निरासा मात्रै पाएको बताउँदै उनले देशलाई समृद्ध बनाउँदै लोकतन्त्रको रक्षा कांग्रेसले मात्रै गर्न सक्ने दाबी गरे। शर्माले भने, ‘जनतामा अहिले निरासा छाएको छ। यसलाई आशामा बदल्ने काम कांग्रेसले गर्नुपर्छ। यसका लागि हामी निरन्तर लागेका छौँ।’
पहिलो चरणको जागरण अभियानको काम ८५ प्रतिशत गाउँ तहमा सम्पन्न भएको उहाँको भनाइ थियो। आगामी भदौ २४ गतेदेखि असोज ७ गतेसम्म दोस्रो चरणको कार्यक्रम हुने शर्माले बताए। तेस्रो चरणको कार्यक्रम पुस ७ गते देखि १६ गतेसम्म हुनेछ ।फरक प्रसंगमा शर्माले मिडिया काउन्सिल विधेयक फिर्ता हुनुपर्ने बताए।
कास्की काँग्रेसले राष्ट्रिय जागरण अभियानको समापन कार्यक्रम अन्तर्गत सभा तथा र्याली गर्ने
नेपाली काँग्रेस कास्कीले विशाल र्याली सहित सभा गर्ने भएको छ । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षता तथा केन्द्रीय सदस्य अर्जुन जोशीको विशेष आतिथित्यतामा मंगलबार बसेको संयुक्त बैठकले जेठ २५ गते विशाल र्याली सहित सभा गर्ने निर्णय गरेको हो ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरणको समापन कार्यक्रम अन्तर्गत र्याली सहित सभा गर्न लागिएको नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए ।
विशाल र्याली विहान ११ वजे पोखराको पृथ्वीचोकबाट शुरु भई नयाँबजार, महेन्द्रपुल हुदै चिप्लेढुङगा विपी चोकमा पुगेर सभामा परिण हुने छ । र्यालीमा पार्टीका सवै इकाईहरु, अभियानमा खटिएका प्रतिनिधि, भातृ संस्था तथा शुभेच्छुक संस्थाबाट आ–आफ्नो व्यानर सहित सहभागित जनाउन आग्रह गरिएको छ ।
बैठकले क्षेत्रीय प्रतिनिधि र क्रियाशिल सदस्यहरुलाई अनिवार्य उपस्थिति जनाउन निर्णय गरेको छ । र्यालीको अनुगमनका लागि डिएलए कास्की, शिक्षक संघ र नेपाल प्रेस युनियन कास्कीलाई जिम्मेवारी दिइएको छ ।
‘प्रथम चरणको जागरण अभियानको समापनको अवसरमा यो र्याली निकाल्न लागेका हौं’, सभापति केसीले भने, ‘र्याली व्यापक बनाउनका लागि पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई सक्रियताका साथ सहभागिता जनाईदिन म आग्रह गर्दछु । बैठकमा पार्टीका पदाधिकारी, भातृ संस्था तथा शुभेच्छुक संस्थाको सहभागिता रहेको थियो ।




















प्रतिक्रिया