बिहीवार बेलुका आएको हावाहुरीका कारण पश्चिम नेपालको सुदुर पश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा १ जनाको ज्यान गएको छ भने ठूलो संख्यामा घर लगायतका भौतिक संरचना क्षेती भइ उजाड बनेको बस्तीको अनुगमनमा कांग्रेसको टोलि पुगेको छ ।
बिहिबार आएको हावाहुरीमा परेरे कैलालीको गोदावरी नगरपालिका मझगाउँका २६ वर्षीय वीरबहादुर चौधरीको ज्यान गएको छ कैलालीका एसपी सुदीप गिरीले बताए।
ुहावाहुरीका कारण कैलाली कञ्चनपुरमा धेरै जना घाइते भएको अनुमान सुरक्षा निकायले गरेको छ । पिडित र क्षेतिको बिबरण संकलन भइ रहेकाले एकिन डाटा आउन बाँकीनै रहेको छ ।
हावाहुरीले कैलाली र कञ्चनपुरमा बिजुलीका पोल ढालेकोले विद्युत आपूर्ति ठप्प बन्न पुगेको छ । हावाहुरीले कञ्चनपुरको दक्षिणी क्षेत्रमा समेत ठूलो क्षेती पुगाएको छ । मानवीय क्षेती नभए पनि दक्षिणी क्षेत्रका ४वटै स्थानीय तहमा हावाहुरीले क्षेती पुगाएको छ । हावाहुरीले बेलडाँडी , लालझाडी , बेलौरी र पुनर्वासका धेरै घरहरु र बिधालयमा क्षेती पुगाएको छ । हावाहुरीले कृषकहरुको केरा खेती समेत नष्ट गरेको छ ।
हावाहुरीबाट प्रभावित क्षेत्रहरुमा राहत उद्धार र क्षेतिको अबस्था बुझ्न नेपाली कांग्रेसका नेता तथा पुर्व साँसद दिवानसिंह बिष्ट , पुर्व क्षेत्रीय सभापति हरेन्द्र बिष्ट , क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्याय लगायत नेताहरु सम्मीलित कांग्रेसको टोलिले बेल्डाँडी गाउँ पालिकामा क्षेती पुगेका गाउँ टोलहरुमा अनुगमन गरेको छ ।
हावाहुरीले कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वासमा पनि ठूलो क्षेती पुगाएको छ । हावाहुरीले स्थानियका घर र बिधालयका छाना उडाएको छ , केरा खेती र आँप नष्ट गरेको छ ।
सदन अवरुद्ध पार्ने देउवाको चेतावनी
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मिडिया काउन्सिलसम्बन्धि विधेयक अघि बढाए संसद अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।
सभापति देउवाले लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक, मानव अधिकार हनन् हुने गरी आएको मानव अधिकार आयोगसम्बन्धि विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सडक दुवै अवरुद्ध पारेर आन्दोलन चर्काउन आफ्नो पार्टी बाध्य हुने पनि बताए ।
शुक्रबार पार्टीद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले बालुवाटारलगायतका सार्वजनिक तथा गुठीको जग्गा नियन्त्रणमा लिएर पार्टीका सांसदहरुलाई दिने काम गरिरहेको आरोप लगाउँदै त्यस्ता गतिविधि रोक्न पनि आफ्नो पार्टी लागिपर्ने बताए ।
सभापति देउवाले सरकारले मिडियामाथि अंकुश लगाएर लोकतन्त्रलाई कमजोर बनाउने षडयन्त्र गरिरहेको पनि दोहोर्याए । सरकारका हरेक कदम लोकतन्त्र र जनता विरोधी भएकाले आफ्नो पार्टीले प्रतिवाद गर्ने योजना तय गरेको सभापति देउवाको भनाई छ ।
‘लेख्न नपाइने मुलुकमा मानवअधिकार हुँदैन’ देउवाले भने, ‘प्रेस स्वतन्त्रता र प्रजातन्त्र पर्यायवाची हुन् कुनैलाई दमन गर्दा पनि मावनअधिकार हनन् हुन्छ ।’ नेकपाले मानवअधिकारलाई कमजोर बनाउन खोजेको तर कांग्रेसले यस्तो हुन नदिने उनले बताए । ‘नेकपाले अर्काको जग्गा खोस्ने काम गरेको छ’ देउवाले भने ।
छायाँ सरकारका अर्थमन्त्रीले सरकारमाथि लगाए गम्भीर आरोप
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । नेता रिजालले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु आपत्तिजनक रहेको पनि बताए ।
शुक्रबार काठमाण्डुमा आयोजित आगामी आर्थिक वर्षको बजेट सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रोजगारीको अवसर सृजना गर्न पनि सरकार गम्भिर नभएको दावी गरे ।
आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले रोजगारीको अवसर सृजनाका लागि आवश्यक लगानीको जोहो गर्न नसकेको नेता रिजालको दावी छ । छायाँ सरकारका अर्थमन्त्री समेत रहेका उनले एक वर्षभित्र ५ लाख नागरिकलाई रोजगारीको अवसर दिने कार्यक्रम किन ल्याउन नसकेको ? भनि सरकारलाई प्रश्न पनि गरे ।
नेता रिजालले सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई देश भित्रै अवसर सृजना हुने गरी कुनै पनि कार्यक्रम बजेटमा ल्याउन नसकेको स्मरण गराए ।




















प्रतिक्रिया