Logo

प्रमुख समाचार

सेना कसैको नोकर होइन, बोलाउदैंमा जानु पर्ने : सभापति देउवा



नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली सेना कसैको नोकर नभएको र कोही कसैले बोलाउँदैमा जानुपर्छ भन्ने नरहेको बताएका छन् ।

पार्टीको जनजागरण कार्यक्रम अन्र्तगत काँग्रेस मध्यपुर ठिमी नगरसमितिद्धारा आयोजित सभालाई शुक्रबार संम्बोधन गदैं उनले भने ‘ सेना किन र केकालागि जाने, राष्ट्रिय सुरक्षा परिषदमा सरकारले मनपरी गरिरहेको छ ।’

सेना राष्ट्रिय अंग हो, सुरक्षा परिषदमा प्रधानन्यायधीस, रक्षा सचिवलगायतका छन्, सुरक्षा सल्लाहकार हुन्छन् तेहाबाट मात्र सेना परिचालन हुनुपर्ने सभापति देउवाले बताए । ‘

राजस्व विभाग, गुप्तार, अख्तियार सबै निकयलाई अविश्वास गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरुको विश्वास गरेका छन्, उनले भने । ’कार्यक्रममा सभापति देउवाले देशका हरेक अंगमा कब्जा गरेर वर्तमान सरकारले अधिनायकवाद लगाउन खाजेको उनले आरोप लगाएका छन् ।

पार्टी एक ढिक्का भएर अगाडी बढेमा यस्ता अधिनायकबादलाई समाप्त पार्न समय नलाग्ने समेत उनले बताए । कार्यक्रममा कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री ओली, सभामुख कृष्ण बहादुर महरा सबैको होश हराएको बताएका छन् ।

उनले सरकारलाई अदालत, मिडिया र सेनासंग डर भएकाले दुई तिहाईको दम्भ देखाएर त्रसित बनाउन खोजेको आरोप समेत लगाए । उनले भने ‘अधिकार एउटा व्यक्तिमा केन्द्रित गरेर सरकार टिक्ने भए राणा शासनको अन्त्य नहुने, विकाश हुने भए आज ज्ञानेन्द्र रुदैं कराउदै हिड्ने अवस्था समेत आउने थिएन ।

रिजालले काँग्रेसले सक्ताको ध्यान भन्दापनि जनताको समस्या ध्यान दिनुपर्ने भन्दै पार्टीभित्रका कमीकमजोरीलाई हटाउन सबैलाई आग्रह गरेका छन् ।

कम्युनिष्ट कार्यकर्ताले आचरण सुधार गर्नुपर्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीका कार्यकर्ताले आफ्नो आचरण सुधार गर्नुपर्ने बताएका छन् ।

पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटपछि पूर्वप्रधानमन्त्री खनालले एकता प्रक्रिया जारी रहेकाले सबै इमान्दार भएर पार्टीको काममा लाग्नुपर्ने बताए । उनले सिद्धान्त, क्रान्ति, पार्टी, जनता र आफैप्रति विश्वास गर्न कार्यकर्तालाई निर्देशन दिए ।

पूर्वप्रधानमन्त्री खनाललाई आजै जिल्ला समन्वय समिति र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वागत गरेको थियो । उनले खोटाङको पार्टी कार्यालय पुष्पलाल स्मृति भवनको अवलोकनसमेत गरे ।

वरिष्ठ नेता खनाल राजनीतिक भेटघाट तथा जिल्लाको पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणका लागि यहाँ आएका हुन् । उनले हिन्दू, बौद्ध तथा किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीको अवलोकन भ्रमण गरेका छन् ।

कञ्चनपुरमा आएको भीषण हावाहुरीबाट कति क्षति भयो ?

जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार हावाहुरीले जिल्लाको ५७१ घरमा क्षति पु-याएको छ । सबैभन्दा बढी भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा क्षति पु-याएको छ ।

प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले पूरै विवरण प्राप्त हुन नसकेको बताए । “अहिले प्रारम्भिक विवरण मात्र सङ्कलन भएको छ”, उनले भने । उनका अनुसार हावाहुरीबाट १२ विद्यालय क्षति पुगेको छ । यस्तै १० पशुचौपाया तथा एक हजार ५० भन्दा बढी कुखुरा मरेका छन् ।

कृष्णपुर नगरपालिका–२ को कार्यालय भवनमा क्षति पुगेको छ । वाणीस्थित मुक्त कमैया बस्ती र वनहरास्थित भूमिहीनको घरमा क्षति पुगेको छ । हावाहुरीका कारण विचल्लीमा परेका परिवार आफन्त र खुला आकाशमुनि बस्न बाध्य छन् । जिल्लामा हालसम्म विद्युत् सेवा ठप्प छ ।

हावाहुरीका कारण रु ११ करोडभन्दा बढीको केरा खेती नष्ट भएको छ । सबैभन्दा बढी कञ्चनपुरको कृष्णपुर नगरपालिकाको गुलरीयामा केरा खेती नष्ट भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार भीमदत्त नगरपालिकाको तिलकेनी, वेदकोटको बैतडा र कुष्णपुरको गुलरीयामा केरा खेती नष्ट भएको छ ।

सुदूरपश्चिम प्रदेश : सरकारको नीति तथा कार्यक्रम पारित

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रम पारित भएको छ । आज बसेको प्रदेशसभाको बैठकले आगामी आवको सो नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो ।

यही जेठ १९ गते सुदूरपश्चिम प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै आजको बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले छफलमा उठेका उपयुक्त सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्रीले प्रदेश सरकारलाई केही संयन्त्र सभावमा काम गर्न असहज हुँदाहुँदै पनि जनतालाई राहत हुने काम गरेको उल्लेख गरे । प्रतिपक्षले मुख्यमन्त्री कपलाई व्यवस्थित गराउन दर्ता गराएको संसोधन प्रस्तावमा मुख्यमन्त्री भट्टले यसलाई तल्लोतहसम्मको संरचनामा विस्तार गरेर संचालन गर्ने बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक गोविन्दराज बोहराले प्रदेशसभा बैठकमा राख्नुभएको संशोधन गर्नुपर्ने प्रस्ताव अस्वीकृत गर्दै आजको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार २३:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।