रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका-६ गुलरियास्थित लुम्बिनी कलौनी सडक नजिक सोही ठाउँ बस्ने २६ वर्षीय दिनेश लोध बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै नवलपरासी(पश्चिम)को पाल्हिनन्दन गाउँपालिका-५ गेर्मी बस्ने ३५ वर्षीया रुकमणी यादव आफ्नै गोठमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
उता स्याङजाको गल्याङ नगरपालिका-१ राम्दीस्थित कालीगण्डकी नदीमा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।





















प्रतिक्रिया