Logo

प्रमुख समाचार

ओली ज्यु पशुपतिनाथमा प्रचण्ड र कुमारीजात्रा चलाउदा बाबुरामको हालत के भयो ? : प्रकाशमान सिंह



प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गुठीलाई कुदृष्टि लाउनेहरुको कहिले भलो नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको दिनगन्ती शुरु भएको बताएका छन् ।

गुठी विधेयकको विरुद्धमा आइतबार कांग्रेसले आयोजना गरेको विरोधसभामा बोल्दै उनले पशुपतिनाथ चलाउन खोज्दा तत्कलिन प्रधानमन्त्री पुष्पकमल दाहाल र कुमारीजात्रालाई चलाउन खोज्दा बाबुराम भट्टराईको हालत के भयो ? भन्दै बुझ्न प्रधानमन्त्री ओलीलाई सुझाव पनि दिए । उनले सामाजिक सहिष्णुतालाई विथोल्नका लागि गुठीसम्बन्धि विधेयक ल्याएको आरोप पनि लगाए ।

सिंहले संविधानको मर्म र भावना विपरितको गुठी विधेयक विरुद्ध संसदमा कुरा उठाइरहेको कांग्रेस आजबाट सडकमा पनि विरोधमा उत्रिएको बताए । “गुठीमा जसले कुदृष्टि राख्छ त्यसको कहिल्यै भलाई भएको छैन ।

ओली सरकारको पनि दिनगन्ती शुरु भइसकेको छ । यसको राम्रो छैन भविष्य,” नेता सिंहले भने“यो सरकारलाई आफुले गरेको गलत सच्याउने मौका दिनुपर्छ । यदि सच्चिएन भने जनताको मतबाट आउको सरकार जनताले नै त्यसको टुँगो लगाउँछन् । सरकारले गम्भिर भएर सोचोस् ।”

काठमाडौंको जनतालाई सामन्तीको संज्ञा दिइएको भन्दै उनले आपत्ती जनाउँदे उनले काठमाडौंवासीले विकसित गरेको संस्कृति,परम्पराले नै नेपाललाई विश्वमा चिनाएको स्मरण गराए ।

नेपालको मूल धमृसास्कृतिलाई नै समाप्त गर्ने मनसायले गुठी विधेयक ल्याइएको भन्दै धर्म,संस्कृतिको रक्षा गर्न काठमाडौंवासीलाई उठ्न पनि आग्रह गरे । नेता सिंहले गुठी विधेयकविरुद्ध बिभिन्न संघ संस्थालेसुरु गरेको आन्दोलनमा कांग्रेसको पुर्ण साथ समर्थन रहेको पनि बताए ।

विरोधसभामा कांग्रेस काठमाडौंबाट निर्वाचित सांसदहरु भिमसेनदास प्रधान, गगन थापा, राजेन्द्र केसी, कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत, नविन्द्रराज जोशी पनि सहभागि थिए ।

प्रकाशित मिति : १ असार २०७६, आईतवार १६:५१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।