Logo

प्रमुख समाचार

एका एक प्रधानमन्त्री ओलीले मन्त्री, सांसददेखि वडा अध्यक्षसम्मलाई बालुवाटार बोलाएपछि…



सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधयकका बिषयमा सोमबार जनप्रतिनिधीहरुसँग छलफल गरेका छन् । काठमाडौं उपत्यकाका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभाका सांसद, मेयर, उपमेयर र वडा अध्यक्षहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधयकका बिषयमा विभिन्न सांसदहरुले आफ्नो आफ्नो राय व्यक्त गरेका छन् । राष्ट्रिय सभाका सत्ता पक्षका नेता दिनानाथ शर्मा ,साँसदहरु पम्फा भूसाल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत , जीवनराम श्रेष्ठ, अन्जना विशंखे लगायतले मन्तव्य राखेका थिए ।

यसैगरी काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतले विधयकका बिषयमा आफ्नो धारणा राखेका थिए । जनप्रतिनिधिहरुको सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले विधयकका बिषयमा आफूले परामर्श गरिरहेको र सरकारले यस सम्बन्धमा चाँडै यथोचित निर्णय गर्ने बताए।

प्रकाशित मिति : ३ असार २०७६, मंगलवार ०३:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।