Logo

नेशनल लाइफको लाभांश परिमार्जन



नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश परिमार्जन भएको छ । कम्पनीको आर्थिक वर्ष २०७५–७६ को वितरण योग्य मुनाफाबाट वितरण गर्ने भनेको लाभांश परिमार्जन भएको हो ।

कम्पनीले यसअघि १५ प्रतिशत नगद लाभांश र २ दशमलव ५ प्रतिशत बोनस शेयर गरी कुल १७ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । यसलाई बीमा समितिमा स्विकृतीको लागि पेश गरेकोमा बीमा समितिले स्वीकृत नगरेपश्चात कम्पनीले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट वितरण गर्न लागेको लाभांश परिमार्ज गरेको कम्पनाीले जनाएको छ ।

अब कम्पनीले १० प्रतिशत बोनस शेयर र ० दशमलव ५३ प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरि कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार ११:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।