Logo

चिलिमे जलविद्युतको एजिएम हुँदै



चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर १६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २४औं वार्षिक साधारण सभा पुस १२ गते आइतबार कम्पनीको रजिष्टर्ड कार्यालय, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ ।

सभामा कम्पनीको मंसिर १६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि मङ्सिर २९ गतेदेखि पुस १२ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मङ्सिर २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार  १२ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।