Logo

प्रमुख समाचार

देवी ज्ञवालीले यसरी पाए न्याय



स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मत गणना हुँदै गर्दा मतपत्र च्यातेको अभियोगमा दोषी ठहर भएका दुई जनाविरूद्ध एक-एक लाख जरिवाना गरिएको छ ।जिल्ला अदालत चितवनले मतपत्र च्यात्ने द्रोण शिवाकोटी र मधु न्यौपानेलाई जरिवान सजाय तोकेको हो । अदालतको यो निर्णयले भरतपुरकी मेयर रेणु दाहाललाई तनावमुक्त बनाएको छ ।

अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मतपत्र च्यात्ने मुख्य अभियुक्तलाई जरिवाना सजाय सुनाएको हो । अदालतले गत जेठ ३० गते उनीहरुलाई दोषी ठहर गरिए पनि सोमबार सजाय सुनाएको हो ।

तत्कालीन समयमा महानगरको निर्वाचनमा प्रमुख पदमा प्रतिस्पर्धी रेनु दाहाल र देवी ज्ञवालीबीच मतान्तरको विषयमा दाहाल पक्षका मत गणनामा सलंग्न उनीहरुले मतपत्र च्यातेका थिए । महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा विसं २०७४ जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएका थिए ।

मतपत्र च्यातिएपछि भरतपुर–१९ मा पुनः साउन २० गते मतदान भएको थियो । पछि भएको निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्र गठबन्धनका उम्मेदवार दाहालले तत्कालीन एमाले उम्मेदवार ज्ञवालीलाई २०३ मतले हराएर मेयरमा निर्वाचित भएकी थिइन ।

मतगणनाका क्रममा मतपत्र च्यात्ने शिवाकोटी र न्यौपानेलाई तत्कालीन समयमा एक लाख धरौटीमा अदालतले रिहा गरेको थियो ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार ०७:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।