Logo

प्रमुख समाचार

नेकपाका पूर्वमन्त्री दीनानाथ शर्माका पूर्वअंगरक्षक पक्राउ



प्रहरीले काठमाडौंमा प्रतिबन्धित कस्तुरीको बिनाको कारोबार गरेको आरोपमा प्रहरी हवल्दार बमबहादुर चन्द पक्राउ परेको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् पूर्वमन्त्री दीनानाथ शर्माको अंग रक्षाक रही सकेका प्रहरी हवल्दार चन्दलाइ काठमाडौंको सुकेधारास्थित डाँफे रेष्टुरेन्टबाट आइबार साँझ पक्राउ गरिएको हो ।

नेपाल प्रहरीको सुरक्षा महाशाखामा कार्यरत हवल्दार चन्दलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले कस्तुरीको बिनासहित पक्राउ गरेको जनाइएको छ ।

उनको साथबाट प्रहरीले हतियार पनि बरामद गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेश थापाले चन्दलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार ०५:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।