प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेस तनहुँमा भाडभैलो भएको छ । पार्टी कार्यालय ललितपुर सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बसीरहेका बेला उता तनहुँमा भने भाडभैलो भएको छ । नेपालमा २ वटा नेपाली कांग्रेस नामको एक मात्र पार्टी छ तर तनहुँमा दुईवटा नेपाली कांग्रेस छन्। पूर्व गृहमन्त्री समेत रहेका गोविन्दराज जोशी पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष । कार्यालय पनि दुई र जिल्ला कार्य समितिहरू पनि दुईवटा नै ।
दुई पक्षलाई मिलाउन सभापतिलाई हम्मे हम्मे भइरहेका वेला विवाद झन् चुलिएको छ। केहीदिन अघिमात्रै जोशी कांग्रेसले नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँको लेटर हेडुमै विज्ञप्ति जारी गरी २०७५ माघ ८ गते संस्थापन कांग्रेस विघटन गरी स्थापना गरेको नेपाली कांग्रेस तनहुँले रामचन्द्र पौडेल लगायतका नेतालाई कारबाही गरेको छ ।
विज्ञप्तिमा जोशी कांग्रेसलाई सहयोग नगरेकोेले पार्टीको जिल्ला अनुशासन समितिले केन्द्रीय सदस्य नेता पौडेल, शंकर भण्डारी, महासमिति सदस्यहरू ध्रुव वाग्ले, रघुनाथ पौडेल, बैकुण्ठनाथ न्यौपाने, जीतप्रकाश आले, क्षेत्रीय प्रतिनीधि विश्व बास्तोलालाई पार्टीको विधान अनुसार कारबाही गर्न लागिएको उल्लेख छ।
जोशी कांग्रेसका प्रवक्ता हरिशरण पण्डितले जारी गरेको विज्ञप्तिमा २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस तनहुँले तत्कालीन नेतृत्वका कमजोरीको कारण लज्जास्पद हार बेहोर्नुपरेको भन्दै पौडेल सहितका सात नेतालाई कारबाही गरिएको उल्लेख छ।




















प्रतिक्रिया