Logo

श्री एयरलाइन्सको ढोका नखुल्दा यात्रुहरु भित्रै थुनिए



बिहिबार बिहान काठमाडौँबाट धनगढी आएको श्री एयरलाइन्सको ढोका नखुल्दा यात्रुहरु भित्रै थुनिएका थिए । बिहान ९ बजे २३ मिनेटमा धनगढी विमानस्थलमा अवतरण गरेको विमानको ढोका नखुल्दा ७० यात्रु भित्रै थुनिन पुगेका हुन् ।

विमानको ढोका नखुलेपछि यात्रुहरूलाई १० मिनेटपछि विमानको सर्भिस डोरबाट बाहिर निकालिएको धनगढी विमानस्थलका प्रमुख तेजबुढ थापाले जानकारी दिए ।

विमानमा किन ढोका खुलेन भन्ने बारे अझै यकिन हुन नसकेको उनले बताए । यात्रुहरु झरेपछि भने उक्त ढोका खुलेको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार १४:०२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।