Logo

प्रमुख समाचार

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणा काङ्ग्रेसमा प्रबेश



नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सङ्गठनलाई मजबुत बनाउन पार्टीको १४ औँ महाधिवेशन चाँडो हुुनुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–२६ वडाले आइतबार आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा बोल्दै उनले संविधानको नेतृत्व गर्ने काङ्ग्रेसले संविधानअनुसार पार्टी संरचना लैजानका लागि चाँडो महाधिवेशन गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन् ।

“लामो समयसम्म सङ्घीयताअनुसार पार्टी संरचना जान नसक्नु दुःखद कुरा हो”, नेता सिंहले भने, “वर्तमान सरकारले केन्द्रमा धेरै अधिकार राखेर प्रदेश र स्थानीय तहमा कम अधिकार दिँदा अहिले गएको बाढी, पहिरोको राहत तथा उद्धार कार्यक्रम प्रभावकारी हुन सकेको छैन् ।”

नेता सिंहले सरकारले ल्याएको गुठी विधेयक, मानव अधिकार विधेयक, मिडिया काउन्सिल विधेयकलगायतका विधेयकमा सरोकारवाला निकाय र मन्त्रालय-मन्त्रालयबीच समन्वय हुन नसक्दा सरकार नेतृत्व विहीन जस्तो बन्न पुगेको आरोप लगाए ।

उनले पार्टीमा प्रवेश गर्नेलाई पार्टीको विधि, विधान र नियमावलीअनुसार अगाडि बढ्न सुझावसमेत दिए । कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणालाई नेता सिंहले पार्टीको सदस्यता, दोसल्ला र खादा ओढाएर पार्टीमा प्रवेश गराएका थिए ।

कार्यक्रममा काङ्ग्रेसका काठमाडौँ जिल्ला सभापति सबुज बानियाँ, काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजाल, १७ का अध्यक्ष नवीन मानन्धर, २६ का अध्यक्ष ख्यामराज तिवारी, पर्यटन व्यवसायी रामशरण थपलिया, लीलाबल्लभ दाहाललगायतको उपस्थिति रहेको थियो ।

निर्माण व्यवसायीका अध्यक्षको घरमा ग्याङफाइट

वीरगञ्जको आदर्शनगरस्थित नेपाल निर्माण व्यवसायी संघ पर्साका अध्यक्ष रमाकान्त चौरसियाको घरमा झडप भएको छ ।शनिबार दिउसो दुई समूहबीच चौरसियाको घरमा कुटपिट भएको हो । झडपमा तीन युवक घाइते भएका छन् ।

अध्यक्ष चौरसियाकै छोराको समूहको धारिलो हतियार प्रहारबाट तीनजना युवक घाइते भएका हुन् । अध्यक्ष रमाकान्त चौरसियाका छोरा रविकान्त चौरसियाले धारिलो हतियार प्रहार गरी तीनजना युवकलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।

रविकान्तसहितका युवाहरूले धारिलो हतियार प्रहार गरी तीनजना युवालाई घाइते बनाएको बताइएको छ ।घाइते हुनेहरूमा वीरगञ्जको छपकैयाका वर्कत अली, छपकैयाकै जावेद अन्सारी र श्रीपुरका शरद पटेल छन् ।

रविकान्तले तीन जनालाई आफ्नो घरमा बोलाएर साथीहरूको सहयोगमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको घाइते युवकका अभिभावकले बताएका छन् ।घटनापछि घाइतेका आफन्त र गाँउलेले अध्यक्ष रमाकन्तको घरमा ढुंगामुढा गरी तोडफोड गरेका छन् ।

हतियार प्रहार गर्नेमध्येका रविकान्त र घरमा ढुंगामुढा गर्नेमध्येका एक जना गरी दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माका अनुसार रविकान्त र उनका साथीहरूबीच विवादका क्रममा झगडा हुँदा रविकान्तको समूहले आक्रमण गरेको थियो ।झगडाको कारण भने खुल्न नसकेको र यस बारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०७६, आईतवार १०:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।