संसदको प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसले सम्भावित महामारी नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका छन् । बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका हुन् ।
कांग्रेस संसदीय दलको कार्यालयले आज जारी एक विज्ञप्तिमार्फत बाढी, पहिरो र डुबान क्षेत्रमा थप मानवीय क्षति हुन नदिन सरकार र सम्बन्धित निकायलाई सशक्त एवं गतिशील रुपमा कार्य गर्न आग्रह गरेको हो ।केही दिनअघि परेको भारी वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो, डुबान र कटानका कारण ठूलो सङ्ख्यामा मानवीय क्षति हुनाका साथै भौतिक क्षति पनि भएको छ ।
क्षतिग्रस्तस्थलको प्रतिवेदनका आधारमा विपद् व्यवस्थापनका लागि राज्यले अझै प्रभावकारी ढङ्गले राहत एवं पुनःस्थापना गर्नु आवश्यक देखिएको काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले उल्लेख गरे ।
श्री सचिव,
राष्ट्रिय सभा ।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६६ बमोजिम देहायको जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न सूचना दिएका छौं ।
जरुरी सार्वजनिक महत्वको प्रस्ताव :
अविरल वर्षाको कारण तराई–मधेस पहाड लगायत मुलुकका विभिन्न भागमा धेरै संख्यामा व्यक्तिहरुको हताहत भएको, त्यसै गरी निकै संख्यामा व्यक्तिहरु वेपत्ता भएको, नागरिकहरु घाइते भएका, आमजनताको घरवास, खेतबारी बगाई हजरौं जनता विस्थापित भएका, नेपाल भरी राजमार्गमा क्षति भई अवरुद्ध भएको, विद्युत सेवा रोकिएको, खानेपानीको अभाव भएको, विद्यालयहरु क्षतिग्रस्त भएका, स्वास्थ्य उपचारको व्यवस्था समेत सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह लगायत विभिन्न राजनीतिक दल एवं संघसंस्थाहरुबाट भएका र हुने उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा यो सदनले जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भएकोले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छौं ।
छलफल गर्नु पर्नाको कारण :
अविरल वर्षाबाट मुलुकभरी भएको धनजनको क्षति र त्यसमा आहत भएका सर्वसाधारणलाई अल्पकालीन र दीर्घकालीन उचित राहत दिनुपर्ने भएकोले ।
सम्बन्धित मन्त्रालय :
प्रस्तावक
हस्ताक्षर
नाम, थर
क्रम संख्या
मिति
समर्थक
१. हस्ताक्षर
नाम, थर
क्रम संख्या
२. हस्ताक्षर
नाम, थर
क्रम संख्याः
मिति : २०७६।०४।०१





















प्रतिक्रिया