प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा जेल बसेको बताएका छन्।
बिहीबार ब्यास नगरपालिकामा पर्ने बुल्दीखोलामा नवनिर्मित पुल उद्घाटन गर्दै पौडेलले आफू जस्तो लोकतन्त स्थापनाका लागि नभई ओली झापा काण्डमा व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको बताएका हुन्।
‘केपी ओली १४ वर्ष ज्यान मुद्दामा जेल बसेको हो। मजस्तो लोकतन्त्र स्थापनाका लागि होइन,’ उनले भने,‘सुध्रिन्छन् कि भनेको अझै उस्तै रहेछन्।’
पौडेलले बुटन चौधरीको हत्या अभियोगमा जेल बसेकाले आफूसँग लोकतन्त्रको गफ गर्न नसुहाउने बताए। ‘जोशमा आएर झापा काण्ड घटिहाल्यो। यो लोकतन्त्रका लागि होरु म मान्दिनँ। केपी ओली मेरा अगाडि कुरा गरूँन्,’ उनले भने।





















प्रतिक्रिया