Logo

राजनीति

राष्ट्रपति चाहिएको हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊॅ : अध्यक्ष बाबुराम भट्टराई



पूर्वप्रधानमन्त्री एवम जनता समाजवादी पार्टी जसपाका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ धाउन नेताहरुको पछिल्ला गतिविधिप्रति आलोचनागरेका छन्।

अध्यक्ष भट्टराईले पटक पटक पार्टी र राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ धाउने र राष्ट्रपतिले बोलाउने कुरा संविधानको कुनै पनि धारामा नरहेको भन्दै आलोचना गरेका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल नेताहरू लगातार राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ धाउन थालेपछि बिहीबार साँझ ट्विट गर्दै डा भट्टराईले आलोचना गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरू पटकपटक राष्ट्रपतिकहाँ धाउने वा राष्ट्रपतिले बोलाउने कुरा संविधानमा गरिएको व्यवस्थाभन्दा पनि बाहिर भएको  उनले बताएका छन्। डा भट्टराईको प्रश्न छ, ‘पटकपटक पार्टी/राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ धाउने वा राष्ट्रपतिले बोलाउने कुरा नेपालको संविधानको कुन धारा अन्तर्गत हो ?’

उनले शक्तिशाली, सक्रिय राष्ट्रपति चाहिएको हो भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जान सकिने नत्र जसले अगुवाई गर्दै आए उनीहरुले नै ती नियमहरु मिच्दै गएको दाबी गरेका छन्।  ‘शक्तिशाली/सक्रिय राष्ट्रपति चाहिएको हो भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔं न त ! नत्र यो जो अगुवा उही बाटो ह..अति भो!,’ उनको ट्विटमा उल्लेख छ ।

Capture-1.jpg

बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई छुट्टाछुट्टै रूपमा भेटेका थिए । यसअघि पनि पार्टीमा विवाद बढ्दै गएपछि राष्ट्रपतिको सक्रियता बढ्दै जाने गरेको थियो । नेकपाका अध्यक्षद्वयले यसअघि नै पार्टीको विवाद मिलाउन राष्ट्रपतिलाई साक्षी राख्दै आएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार ०८:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।