काठमाडौं । पछिल्लो समयमा गणतान्त्रिक व्यवस्था विरुद्ध श्रृङ्खलाबद्ध प्रदर्शनमा सक्रियता देखाएका राजावादीहरुले आज पनि राजधानीको माइतीघरमा शक्ति प्रदर्शन गरिरहेका छन् । उनीहरुले राजसंस्था र हिन्दुराष्ट्रको मागसहित आज माइतीघरमा शक्ति प्रदर्शन गरिरहेका हुन् ।
गृह मन्त्रालयले राजावादीको प्रदर्शन रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको भएता पनि उनीहरुले प्रदर्शन गरिरहेका छन् भने पछिल्लो समय सहभागीहरुको संख्या बढि रहेको दावी प्रदर्शनकारीहरुको छ । गृहको निर्देशन अनुसार स्थानीय प्रशासनहरुले कारबाहीको चेतावनीसहित बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरेका छन् ।
राजधानीको माइतीघरमा यतिबेला ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि १५ मंसिरमा राजावादीले माइतीघरमा प्रदर्शन गरेका थिए । उनीहरुले देशका प्रमुख शहरहरुमा शक्ति प्रदर्शन गरिसकेका छन् ।
आजको प्रदर्शनमा राजाबादीहरुले मेचीकाली के भन्छ ? राजतन्त्र ले भन्छ, गणतान्त्र मुर्दावाद, राजतन्त्र जिन्दावाद लगायतका नारा लगाएका छन् । त्यसै गरी उनीहरुले पृथ्वीनारायण शाहको तस्वीर समेत प्रदर्शन गरेका छन् ।
बिहान ११ बजेदेखि भएको प्रदर्शनमा बाजागाजा र झाँकी सहित धामीझाँक्री लगायतको उपस्थिति रहेको छ ।
तस्वीरहरुमा हेर्नुहोस् :
प्रतिक्रिया