स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना नव प्रवेशी क्याडिजसँग पराजित भएकाे छ । गएराति भएकाे खेलमा बार्सिलाेना क्याडिजसँग २-१ ले पराजित भएकाे हाे ।
क्याडिजलाई जित दिलाउनकाे लागि अल्भारो जिमिनेज र अल्भारो नेग्रेडोले समान एक-एक गोल गरे । बार्सिलोनाले एक गोल उपहार पाएको थियो । क्याडिजले यसअघि पनि रियाल म्याड्रिडलाई १-० ले स्तब्ध पारेको थियो ।
लिओनल मेस्सीसहितका पहिलो रोजाइका खेलाडी लिएर मैदान उत्रिएको बार्सिलोना क्याडिजको घरेलु मैदानमा निरीह बन्याे । खेलकाे ८ औँ मिनेटमै अल्भारो जिमेनेज गाेल गर्दै क्याडिजलाई अग्रता दिलाएका थिए ।
पहिलाे हाफमा एक गाेल गरेकाे क्याडिजले दाेस्राे हाफमा पनि एक गाेल थप्याे भने एक गाेले आफ्नै पोस्टमा हान्यो । खेलकाे ५७ औँ मिनेटमा पेड«ाेले आफ्नै पोस्टमा गाेल गरेपछि खेल १-१ काे बाराबरी भयाे ।
आफ्नै पोस्टमा गाेल गरेकाे ६ मिनेटमै क्याडिजले फेरि अग्रता लियाे । ६३ औँ मिनेटमा अल्भाराे नेग्रेडाेले गाेल गर्दै क्याडिजलाई अग्रता दिलाए । त्यपछि दुवै टाेलीबाट गाेल हुन नसक्दा खेल क्याडिजले जित्याे ।
यो जितसँगै क्याडिज १२ खेलबाट १८ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएकाे छ भने बार्सिलोना १४ अंकसहित सातौ स्थानमा यथावत रहेको छ ।




















प्रतिक्रिया