Logo

विभिन्न ठाउँमा आगलागीबाट धनमाल जलेर नष्ट



पाल्पा जिल्लाको निस्दी गाउँपालिका-१ राहुबन बस्ने हुम बहादुर भन्डारीको घरमा शुक्रबार राति आगलागी हुँदा अन्नपात, गरगहना कागजपत्र लगायत सामान जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै मोरङको बुढीगंगा गाउँपालिका-१ कोयलपुस्थित लछन लाल चौधरीको घरको भान्सा कोठाबाट शनिबार राति आगलागी हुँदा लत्ताकपडा लगायत अन्य सामान जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइ यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आईतवार १२:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।