सामान्यतयाः समाजकको हितका लागि गरिने कामलाई सामाजसेवा भन्ने गरिन्छ । पछिल्लो समय यसको अर्थ खुच्याइएको छ ।
कुनै पार्टी, सङ्गठनको पगरी गुथ्ने, कही गएर काम गरे जस्तो गर्ने, यसलाई सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रचारबाजी गर्नेलाई समाजसेवी भन्न थालिएको छ । पछिल्लो सयम साच्चिकै सामाजिक काममा लाग्ने व्यक्ति कम नै भेटिन्छन् । यसमध्यमा – देउमाई नगरपालिकास्थित शान्तिडाँडाका राजकुमार लिङ्दम ।
लिङ्दम निम्न वर्गीय भए पनि उनी सामाजिक काममा अनवरत लागिरहेका छन् । उनी विनारकम र विनाज्यालामा खटिन्छन् । उनले भने “म आदिकवि भानुभक्त आचार्यको जीवनीबाट उत्प्ररित व्यक्ति हुँ । सामाजिक कामका लागि पैसा चाहिन्छ भन्ने लाग्दैन ।” गाउँका बाटो खन्न, नाली बनाउन र ठूलठूला विकासका काम गर्न हत्तपत्त अरु कोही अगाडि सर्दैनन् । सरेपनि मन दिएर काम गर्दैनन् । समाजसेवी राजकुमार भने अघि बढेर काम गर्छन् । उनले भन्छन्, “केही समयअघि मात्रै बुबाको मृत्यु भयो । संस्कार गर्ने रकम नभएर गाउँलेबाट उठाएर दिए । संस्कार सकाएपछि गाउँमा दाहसंस्कार गर्ने स्थलमा चौतारो र टहरो पनि बनाइदिए । ” उनको पुस्तौनी घर ताप्लेजुङ हो । सानैमा परिवारसँगै बसाईं सरेर उनी इलाम आएका हुन् । आफ्ना पुस्ताले नै सामाजिक कामका लागि सिकाएको उनी बताउछन् ।
“मलाइ पैसाभन्दा पनि साथीभाइ र इष्टमित्र ठूलो कुरा लाग्छ । यसैले निरन्तर समाजका लागि खट्छु”, उनले भने । विकास निर्माणका काम मात्र होइन, उनलाई प्रशासनिक कामका लागि सहयोग गर्न पनि धेरैतिरबाट कुरा आउँछ । उनी आफूले सक्दो काम सबैले गरिदिने गर्नुहुन्छ । उनी लिम्बू समुदायका लागि मात्र होइन अरु समुदायका व्यक्तिसँग पनि उत्तिकै सहयोगी रहेर काम गर्ने गरेको राजकुमारका छिमेकी सोमनाथ दाहाल बताउछन् । “हामी बरु उहाँ (रामकुमार) जत्ति खट्न सक्दैनौँ । उहाँकै कारण गाउँमा धेरै चिजको विकास भएको छ”, उनी भन्छन्, “हामी त घरपरिवारलाई पनि समय दिउँ भन्छौं तर उहाँ निरन्तर सामाजिक सेवामा लाग्नुहुन्छ ।” यसरी खट्ने राजकुमारलाई भने घरमा न चामल सकिएको थाहा हुन्छ, न अरु समस्या । श्रीमतीको सानोतिनो जागिरकै भरमा घर चलेको छ । उनी घरमा बस्न भ्याउनन् । घरका अरु सदस्यले उनलाई नराम्रो दृष्टिले हेर्दैनन् ।


















प्रतिक्रिया