Logo

प्रमुख समाचार

‘गढबाटै नेता–कार्यकर्ता कांग्रेस प्रवेश गरेपछि नेकपा तनावमा पर्यो’ : नेपाली कांग्रेस



नेपाली कांग्रेसले बिहीबार बाँकेमा भएको घटनालाई प्रवृत्तिको रुपमा चित्रण गर्दै त्यसवि.रु.द्ध आन्दोलन घोषणा गरेको छ । आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन भोलि ज्ञापनपत्र बुझाइने जानकारी दिए ।

ललितपुर तथा भक्तपुरका सभापतिसमेत उपस्थित पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय र देशभरका जिल्ला सभापतिको प्रतिनिधित्व गरेर उपत्यकाका तीनै जिल्ला सभापतिले ज्ञापनत्र बुझाउने जानकारी शर्माले दिए । “नेकपाको गढबाट दर्जनभन्दा बढी कार्यकर्ता कांग्रेस प्रवेश गरेपछि तिल्मिलाएको नेकपाले जागरण अभियानमा आक्रमण गरेको हो,” शर्माले भने ।

भोलि नै सभापति शेरबहादुर देउवा बाँके जाने भएका छन् । त्यसैगरी कांग्रेसले घटनाको विरोधमा भोलि दिउँसो तीन बजे काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ । घटनाको विरोधमा आज नेपालगन्जमा कांग्रेसले प्रदर्शन गरेको छ ।

पत्रकार सम्मेलनमा भक्तपुर सभापति दुर्लभ थापाले कांग्रेसमाथिको आ.क्रमण लोकतन्त्रमाथिको आ.क्र.मण भएको बताए । दो.षीलाई कारवाही नभए ७७ वटै जिल्लाबाट जागरण अभियानकै क्रममा आन्दोलनको आँधीबेहरी ल्याउने उनले बताए ।

बिहीबार नेपाली काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका सभापति किरण कोइराला लगायतका काङ्ग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो । आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँ.च्चिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार ०८:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।