कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले अबको कांग्रेसको महाधिवेसनले नयाँ तरंग ल्याउनेछ साथै सिनियर नेताहरुलाई नेतृत्व पंक्तिबाट बिदा गर्ने कुरा उल्लेख गरेका छन् ।
दिल भुषण पाठकसंगको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा नेता गगन थापा महाधिवेसन केन्द्रीत भएर कुराकानी गरेका छन् । गगन थापाका अनुसार अहिले नेपाली कांग्रेस भित्र नयाँ संयन्त्र ल्याउने कोशिस हुँदै छ जहाँ सिनियर नेताहरु मान्नु भएको छैन तर हामी मनाउने तयारीमा छौं र यो गर्न सके नेपाली कांग्रेस जनतासंग जोडिने छ । यस पालीको अधिवेसनले सिनियर पंक्तिका नेताहरुलाई नेतृत्व तहबाट बिदा गर्ने भरपुर् कोशिस हुँदै गरेको नेता थापाले जनाएका छन् ।
गगन थापाले कुराकानीमा भने, “अहिले हाम्रो पार्टीमा आफूले चाहेको ३-४ हजार सदस्यहरु बनायो अनि त्यही आफुले चुनिएको सदस्यहरुले चुनेकोले नेतृत्व गर्ने चलन रहेको छ जसले गर्दा जनता माझ हाम्रो पार्टी पुग्न सकेन ।
अहिले हामी लाखौ सदस्यले चुनेकोले पार्टी नेतृत्व गर्न सकोस भन्ने कोशिसमा लागेका छौं तर सिनियर लिडरहरुले अहिले मानिरहनु भएको छैन । यस महाधिवेसनबाट बुढा नेताहरुलाई सम्मान साथ बिदा गर्ने तयारी गरिरहेका छौं र नेपाली कांग्रेसलाई अब यो जरुरी पनि छ ।”
“यदि अहिले हामीले सिनियर लिडरलाई बिदा गर्न सकेनौ भने नेपाली कांग्रेस पार्टी असान्धर्भिक बनाउनु हो त्यसैले यो जरुरी नै छ । हाम्रो पंक्तिका नेताहरुले यो कुरा स्वीकारेर अघि बढेका छौं र मनाईरहेका छौं । यदि स-सम्मान सहित बिदा हुन चाहनु भएन भने जबरजस्ती पनि गर्न सक्छौं । अब एउटा पुस्ताको लिडरहरु जानुपर्छ र नयाँ पुस्ताहरुलाई हस्तान्तरण गर्नुपर्ने छ ।”, नेता थापाले भने ।
पूर्व स्वास्थ्य मन्त्री समेत रहेका गगन थापाले यसपालीको महाधिवेशन समावेशी रहने बताएका छन् । यसपाली पार्टीका ठूला नेताहरुले बिदा लिने अवस्थामा पुग्नु हुनेछ भन्ने ढुक्क रहको समेत जनाएका छन् ।
प्रतिक्रिया