प्रहरीले सिहंदरबारस्थित रेडियो नेपाल परिसरबाट नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलगायत पत्रकारहरुलाई पक्राउ गरेको बिषयलाई लिएर नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले पत्रकारहरुलाई निसर्त रिहाइको माग गरेकी छन ।
प्रतिनिधिसभाको आजको बैठकको सुरुवातमै नेपाली कांग्रेसले बाके घटनालाई लिएर सम्सद अवरोध गरेको थियो । नेपाली कांग्रेस नेतृ सांसद डा. संग्रौलाले अनलाइनपाना सङग कुरा गर्दै श्रमजिवी पत्रकारलाई बिना कारण पक्राउ गरिएको उल्लेख गर्दै राजनैतीक आस्थाकै आधारमा पक्राउ गरिएको उल्लेख गर्दै बिना शर्त रिहाइको माग गरेकी हुन ।
पत्रकार गिरफ्तारीको कांग्रेसद्वारा भर्त्सना, तत्काल रिहाई गर्न माग
रेडियो नेपाल डोटीमा कार्यरत ३ जना पत्रकारलाई पदमुक्त गरिएको घटनाका विरुद्ध आवाज उठाइरहेका नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका पत्रकारहरुलाई गरिएको गिरफ्तारीको नेपाली कांग्रेसले भर्त्सना गरेको छ ।
सोमबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै पत्रकार रामप्रसाद दाहाल, अजयवावु शिवाकोटी, जन्मदेव जैसी, यम विरही, दिलिप पौडेल, मिन बम, चक्र कुँवर, प्रकाश बम र योगेन्द्र बलायरलाई तत्काल रिहाई गर्न र डोटीका पदमुक्त गरिएका पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई यथाशीघ्र काममा वहाली गर्न सरकारसँग माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, मंगलबार बेलुकी मात्रै सम्माननीय प्रधानमन्त्रीज्यूलाई डोटीको प्रकरणका बारेमा समेत ध्यानाकर्षण गराइएको थियो । यसबारे यथाशीघ्र निर्णयमा पुग्न नेपाली कांग्रेस सरकारलाई सार्वजनिक रुपले सचेत गराउन चाहन्छ ।
भाद्र ३०, २०७६
प्रेस बिज्ञप्ति
रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत बिनाकारण निष्काशन गरिएका पत्रकारहरु प्रकाशबहादुर बम, चक्र कुँवर र सुनिता रावलको पुनर्वहालीको मागसहित वार्ताका लागि रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा पुगेका पत्रकारहरुलाई पक्राउ गरिएको घटनाप्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ ।
वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न रेडियो नेपाल पुगेका नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस यूनियनका महासचिव अजयबावु शिवाकोटी, पत्रकार महासंघका केन्द्रीय सदस्य यम बिरही, जन्मदेव जैसी, मीन बम, नेपाल प्रेस यूनियनका केन्द्रीय सदस्य दिपिल पौडेल, पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, प्रकाशबहादुर बम र चक्र कुँवरलाई पक्राउ गरेर सरकारले प्रेस स्वतन्त्रतामाथी ठाडो प्रहार गरेको छ ।
संवाद तथा वार्ताको माध्यमबाट निकास दिनुको सट्टा वर्तमान सरकारले ठिक विपरीत प्रहरी प्रशासन लगाई शान्तिपूर्ण रुपमा वार्ता गर्न पुगेका पत्रकारहरुलाई हस्तक्षेप गरी पक्राउ गर्नु अत्यन्तै निन्दनीय कार्य हो । शान्तिपूर्ण ढंगले आफ्ना मागहरुलाई राख्न पाउने नैसर्गिक अधिकारलाई दमन गरिएको प्रति नेपाली काँग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ ।
निष्काशन गरिएका श्रमजीवि पत्रकारहरुलाई तत्काल स–सम्मान पुनर्वहालीका लागि सरकार एवं सम्बन्धित पक्षसँग नेपाली कांग्रेस संसदीय दल जोडदार गर्दछ । लोकतन्त्रको आधार स्तम्भ स्वतन्त्र पत्रकारिता हो । स्वतन्त्र पत्रकारिताको पक्षमा नेपाली कांग्रेस सदैव दृढतापूर्वक उभिरहने प्रतिवद्धता व्यक्त गर्दछ ।
जय नेपाल !
वालकृष्ण खाण
प्रमुख सचेतक


















प्रतिक्रिया